फिफा विश्वकप

मेस्सी र एम्बाप्पेको टक्कर, दबाब बढाउँदै नयाँ पुस्ता

काठमाडौं,९ असार । जारी फिफा विश्वकपमा यसपटक पनि विश्व फुटबलका सुपरस्टारहरू बीचको प्रतिस्पर्धाले प्रतियोगितालाई ऐतिहासिक बनाइरहेको छ, जहाँ अर्जेन्टिनि सुपरस्टार लियोनल मेस्सीले आफ्नो करियरको सम्भवतः अन्तिम विश्वकपमा पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमानमाथि कीर्तिमान बनाइरहनु भएको छ् । समूह चरणको पहिलो खेलमा उहाँले ह्याट्रिक र त्यसपछिको खेलमा निर्णायक दुई गोलसहित अर्जेन्टिनालाई लगातार जित दिलाउँदै गोल्डेन बुट दौडमा अग्रस्थान कायम राख्नु भएको छ।

 

मेस्सीको अनुभव, शान्त फिनिसिङ क्षमता र निर्णायक क्षणमा खेल बदल्ने शैलीले अर्जेन्टिनालाई उपाधिको प्रमुख दाबेदारका रूपमा स्थापित गरेको छ । अस्ट्रियाविरुद्धको २–० जितमा उहाँको दुई गोलले टोलीलाई समूह ‘बी’ मा शीर्ष स्थानमा पु¥याउँदै नकआउट चरणमा पुर्याएको छ । ३९ वर्ष नजिक पुगे पनि मेस्सी अझै पनि मैदानमा अर्जेन्टिनाको मुख्य शक्ति बन्नु भएको छ, जसले विपक्षी टोलीहरूलाई लगातार दबाबमा राखिरहेको छ ।

 

तर यस विश्वकपमा कथा केवल मेस्सीमा मात्र सीमित छैन । फ्रान्सका केलियन एम्बाप्पेले पनि लगातार गोल गर्दै गोल्डेन बुट दौडलाई रोचक बनाउनु भएको छ र मेस्सीसँग कडा प्रतिस्पर्धामा उभिनु भएको छ । गत विश्वकपमा फाइनलमा नै प्रतिस्पर्धा गरेका यी दुई सुपरस्टारबीचको टक्कर यसपटक पनि प्रतियोगिताको मुख्य आकर्षण बनेको छ, जसले फ्यानहरूलाई फेरि एकपटक अर्जेन्टिना–फ्रान्स पुनः फाइनल भेटको सम्भावनातर्फ आकर्षित गरेको छ ।

 

यसैबीच, नयाँ पुस्ताका खेलाडीहरूले पनि विश्व मञ्चमा आफ्नो उपस्थिति बलियो बनाइरहेका छन् । स्पेनका १८ वर्षीय लमिन यामालले पहिलो सुरुआती खेलमै गोल गर्दै ४–० को जितमा निर्णायक भूमिका खेल्नु भएको छ । जसले उहाँलाई भविष्यको सुपरस्टारका रूपमा स्थापित गरेको छ । नर्वेका इर्लीङ हल्याण्डले पनि लगातार गोल गर्दै आफ्नो टोलीलाई मजबुत बनाइरहनु भएको छ । जबकि इंग्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट दौडमा आफ्नो दाबी प्रस्तुत गर्नु भएको छ।

 

विश्लेषकहरूका अनुसार यो विश्वकप केवल उपाधिको प्रतिस्पर्धा मात्र होइन, पुस्ता परिवर्तनको स्पष्ट संकेत पनि हो । एकातर्फ मेस्सी र एमबाप्पेजस्ता अनुभवी खेलाडीहरू आफ्नो विरासत जोगाउने प्रयासमा छन भने अर्को तर्फ यामाल, हल्याण्ड र अन्य युवा प्रतिभाहरू भविष्यको फुटबल आफ्नो नियन्त्रणमा लिन तयार देखिन्छन् । यसरी, यो प्रतियोगिता इतिहास र भविष्यबीचको एक रोमाञ्चक संगम बनेको छ, जसले विश्व फुटबललाई नयाँ युगतर्फ डो¥याइरहेको छ । एएनआईको सहयोगमा

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘संरचना फेरि बनाउन सकिन्छ, गुमेको जीवन फर्काउन सकिँदैन’ : कुलमान घिसिङ

काठमाडौं , भदौ १२ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा,

काठमाडौं उपत्यकामा विद्युत आपूर्ति प्रभावित, समस्या कहाँ र किन भयो र ?

काठमाडौं , भदौ १२ । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ ।निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको

बाढीपीडितको पीडामा ओएनएफको साथ, २० लाख सहयोगसहित विश्वव्यापी राहत अभियान

काठमाडौं , भदौ १२ । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च ९ओएनएफ० अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका

बाढीले बिछोडिएका आफन्तको खोजी, अस्पताल धाउँदै पीडितको एउटै आशा ‘सास नभए लास भेटियोस्’

काठमाडौं , भदौ १२ ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा

८७ वर्षीया राणाद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ९ लाख सहयोग

काठमाडौं , भदौ १२ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । यो रकम राहत

५४७ जनाको मृत्यु, २७ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं ,१२ भदौ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको