क्यामरुनको एभिनियर फुटबल क्लब ५-४ गोल अन्तरले पराजित

दमक गोल्ड कप :टाइब्रेकर मार्फत नेपाल पुलसीको जीत (भिडियो)

 

दमक/

डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट खेलको निणर्य लिइएको थियो । टाइब्रेकरमा क्यामरुनका जोस्पिन गोल गर्न चुकेपछि पुलिस विजयी भएको थियो । टाइब्रेकरमा पुलिसका अजित भण्डारी, निरकुमार राई, कप्तान सुमन सुवेदी, सौजन याक्खा र जुमानु राईले गोल गरे । जितसँगै पुलिसले सेमिफाइनलमा गोर्खा ब्वाइज क्लब रुपन्देहीको सामना गर्नेछ ।

क्यामरुनी टोलीका लागि टाइब्रेकरमा मार्सेल, बेल, टोबेट र मार्टिनले गोल गरे । जोस्पिनको प्रहार भने गोल हुन सकेन । दुवै टोलीले आक्रमक खेल खेलेका थिए । यद्यपि निर्धारित समयमा गोल हुन सकेन । सोमबारको खेलको म्यान अफ द म्याच पुलिसका अञ्जन राई घोषित भए ।

उनले नगद दश हजार प्राप्त गरे । म्यान अफ दि म्याचको पुरस्कार दमकस्थित झापा मोडल स्कुलले प्रायोजन गरेको हो । यो खेलसँगै क्वाटरफाइनलका चरण पूरा भएका छन् । मंगलबारदेखि सेमिफाइनलका चरणका खेलहरु हुनेछन् ।

मंगलबारको पहिलो सेमिफाइनल खेल मनामस्र्याङ्दी क्लब र मानेभञ्ज्याङ क्लब दार्जिलिङबीच हुने आयोजकल जनाएको छ । क्वाटरफाइनलमा मनाङले बागमती युथ क्लबलाई पराजित गरेको थियो भने माने भञ्ज्याङले आर्मीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

भिडियो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको

के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ?

काठमाडौं,२७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताउनु भएको

दुई देशको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो परराष्ट्रमन्त्री खनाल

काठमाडौं २७ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा

पेलेर जाने कि सम्हालेर लाने ? हर्क साम्पाङ

  काठमाडौं,२८ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवाद सम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताउनु भयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै

शैक्षिक परामर्श सेवामा धरौटी : राज्य किन “हलो अड्काएर गोरु कुट्ने” बाटोमा ?

विद्यार्थीको भविष्य सुरक्षित बनाउने नाममा राज्यले ल्याउन खोजेको अत्यधिक धरौटीको व्यवस्था वास्तवमै समाधान हो कि समस्याको अर्को रूप ? आज यो प्रश्न शैक्षिक परामर्श क्षेत्रमा

सहकारी क्षेत्र बिकासका लागि हस्तक्षेपकारी होइन सहयागि बन्नु पर्छ : सचिव भुजेल

काठमाडौं,२७ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनु भएको