आजबाट स्थायी शिक्षकको परीक्षा शुरू

 

 

 

काठमाडौं

शिक्षक सेवा आयोगको १७ हजार ३ सय ३२ स्थायी शिक्षकको परीक्षा आज मंगलबारबाट शुरू हुँदै छ । आयोगले आज माध्यमिक तहको शिक्षाको परीक्षा लिन लागेको हो । मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि १ सय ५४ केन्द्र निर्धारण गरेको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार करिब साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ सय ५६ जनाले आवेदन भरेका छन् । आयोगले मावि तहमा १ हजार ५ सय ५२, निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो ।

परीक्षाको सबै तयारी भइसकेको जनाएको छ । परीक्षामा परीक्षार्थीले प्रवेशपत्रसहित परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्ने नियम बनाएको छ । आयोगले आचारसंहिता जारी गरी परीक्षामा वर्जित गरिएका कुनै पनि सामग्री परीक्षा हलमा नलैजान आग्रह गरेको छ । आयोगका अनुसार आज मावि, पर्सि १७ गते बिहीबार निम्न माध्यामिक र १९ गते शनिबार प्राथमिक र २१ गते सोमबार आन्तरिक बढुवातर्फको परीक्षा सञ्चालन गर्दै छ ।

आयोगले परीक्षालाई स्वतन्त्र, निष्पक्ष एवं वस्तुनिष्ठ बनाउन आचारसंहिता जारी गरेको सूचना अधिकारी मरहठ्ठाले बताउनुभयो । उहाँका अनुसार सो आचारसंहिता परीक्षामा सहभागी र सरोकार राख्ने सबैलाई लागु हुनेछ ।

करिब पाँच वर्षपछि सञ्चालन गर्न लागेको खुला परीक्षामा सबै प्रकारका सुरक्षा रणनीति अपनाइएको छ । आयोगका अनुसार निम्न माध्यमिक तहमा एक हजार ९ सय १३ र प्राथमिक तहमा ९ हजार ६ सय १ रिक्त दरबन्दीमा शिक्षक छनोटका लागि परीक्षा लिँदै छ । शिक्षक सेवा आयोगले विज्ञापन गरेका नयाँ शिक्षकको परीक्षा प्रक्रियादेखि परीक्षाफल प्रकाशित भएर नियुक्ति हुन करिब एक वर्ष लाग्ने अनुमान गरेको छ ।

आयोगको परीक्षामा सय पूर्णाङ्कको सामान्य परीक्षा हुनेछ । विषयगततर्फको सय पूर्णाङ्कको परीक्षा दिनुपर्छ । सो परीक्षामा ४० प्रतिशत अंक ल्याउने परीक्षार्थी उत्तीर्ण हुन्छ । माध्यमिक र निम्न माध्यमिक तहभन्दा बढी प्राविमा झन्डै ९ हजार बढी आवेदन माग गरिएको छ । राज्यले हाल माध्यमिक र आधारभूत गरी दुई तहको शिक्षा निर्धारण गरिसके पनि आयोगले अझै पुरानै तीन तहमा विज्ञापन गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तीन तहका शिक्षकको संख्या तोकेर पठाएपछि सोही आधारमा विज्ञापन गरेको आयोगको भनाइ छ । सरकारले १–८ आधारभूत र ९–१२ लाई प्रावि तह उल्लेख गरेको छ । आयोगले परीक्षामा बढी शिक्षक उत्तीर्ण गर्ने अभिप्रायले सबै तहको नमुना प्रश्नपत्र तयारी गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा