मृत्यु

पाथीभरा दर्शनका क्रममा ढलेर इटहरीका तीर्थयात्रीको मृत्यु

download (11)

 

 

ताप्लेजुङ —ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन गर्न पुगेका सुनसरीको इटहरीका तीर्थयात्रीको ज्यान गएको छ ।

इटहरी नगरपालिका–९ का ६० वर्षीय खिनबहादुर ढुङ्गाना मन्दिर दर्शन गर्ने क्रममा अचानक बेहोस भएका थिए ।

बेहोस बनेका उनलाई तत्काल प्राथमिक उपचार केन्द्र फेदीका स्वास्थ्यकर्मीले प्रारम्भिक उपचार गरेपश्चात् जिल्ला अस्पताल ताप्लेजुङ लगिएकोमा जिल्ला अस्पतालका चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

लेक लागेर स्वास्थ्यमा समस्या आएको हुनसक्ने अनुमान प्रहरीको छ । ढुङ्गाना आफ्नो परिवार र नातागोतासहित दर्शनका लागि सोमबार बिहान मन्दिर पुगेका थिए । उनी दर्शनका क्रममा अचानक ढलेका थिए ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत