डिजिटलमय बिद्यालय

इन्टरनेटको पहुँच गाउँगाउँमा पुग्न थालेपछी बिद्यालयहरु डिजिटलमय बन्दै

तेह्रथुम/ इन्टरनेटको पहुँच गाउँगाउँमा पुग्न थालेपछी तेह्रथुम जिल्लाका बिद्यालयहरु डिजिटल प्रबिधी सँग जोडिन थालेका छन ।

जिल्लाको ग्रामिण स्तरमा रहेका बिद्यालयहरुमा समेत पछिल्लो समय ईन्टरनेट जडान भएपछी डिजिटल प्रबिधी सँग जोडिएका हुन ।
केहीबर्ष अघीसम्म कागजातपत्र मार्फत सम्प्रेषण गर्ने गर्दै आएका बिद्यालयहरु आफ्नै कार्यालयबाट ईमेल गर्न थालेका छन ।

विद्यार्थी, अभिभावक, शिक्षक र समुदायलाई एकै साथ सुचना प्रविधिमा जोड्न तेह्रथुमका ४ वटा माध्यमिक बिद्यालयमा डिजिटल साक्षरता अभीयान सुरु भएको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले डिजिटल साक्षरता अभियान सुरु भएपछी शिक्षकका साथै बिद्यार्थीहरुलाई समेत पठनपाठनमा सहज भएको बिद्यार्थीहरुले बताएका छन ।

ई–एजुकेसनको माद्यम बाट सिंगो समुदायलाई कम्प्युटर प्रविधिमा जोड्ने उदेश्यले ‘प्रदेश समृद्धिको आधार, शिक्षामा डिजिटल पूर्वाधार’ नाराका साथ मेन्छ्यायेम गाउँपालिकाको गौखुरी माबी र श्रीजुङ माबी, फेदाप गाउँपालिकाको जनज्योती माबी र छथर गाउँपालिकाको भगवती माबीमा एकै साथ डिजिटल साक्षरता अभियान सुरु भएका हुन ।

बिद्यार्थीहरुलाई सचित्र पठन पाठनमा सहजता हुनको साथै बिद्यार्थी शिक्षक दुबैलाई मद्दत पुगेको भगवती माध्यमिक बिद्यालय छथर गाउँपालिका ५ का प्रधानध्यापक श्रीमान बस्नेतले बताउनु भयो ।

प्रबिधीको विकास सँगै जिल्लाका बिद्यालयहरुमा कम्प्युटर जडान भएका छन । कम्प्युटरको साथमा ईन्टरनेट जडान गर्ने क्रम बढ्दो रहेको छ । केही स्थानीय तहरुले एक बिद्यालय एक स्माट टिभी कार्यक्रम सुरु गरेको जनाएका छन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच