बालकृष्णको नेपाली बृहत् शब्दकोश तयार गर्न योगदान

भाषाशास्त्री पोखरेलको स्मृतिग्रन्थ प्रकाशित

 

 

मोरङ — भाषाशास्त्री बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ प्रकाशित भएको छ । विराटनगर महानगरपालिका कार्यालयले स्मृतिग्रन्थसँगै ‘ऐतिहासिक विराटनगर’ पुस्तक प्रकाशित गरेको हो । विराटनगरमा सोमबार आयोजित कार्यक्रममा प्राध्यापक गोपाल भण्डारीलगायतले दुवै पुस्तक विमोचन गरे । स्मृतिग्रन्थ विवश पोखरेलले सम्पादन गरेका हुन् ।

२०२१ सालमा पोखरेलले मदन पुरस्कार प्राप्त गरेका थिए । प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश तयार पार्न उनले २०३६ देखि ५ वर्षसम्म योगदान गरेका थिए । त्यस्तै, ५२ वर्षको खोजपछि उनले ७५ हजार शब्दको बृहत् नेपाली–अंग्रेजी नेपाली कोश प्रकाशित गरेका थिए । लामो समय विराटनगरमा बिताएका उनको ८६ वर्षको उमेरमा २०७५ फागुनमा निधन भएको थियो । ८ सय १२ पृष्ठको स्मृतिग्रन्थमा विभिन्न व्यक्तिले पोखरेलका विषयमा लेखेका रचना संगृहीत छ ।

महानगरको इतिहास समेटिएको कृति ‘ऐतिहासिक विराटनगर’ समालोचक दधिराज सुवेदीले तयार पारेका हुन् । महानगरले दुवै पुस्तक प्रकाशित गरेर विराटनगरको इतिहासको संरक्षण गर्ने काम गरेको प्राध्यापक भण्डारीले बताए ।

४ सय ९ पृष्ठको पुस्तकमा विराटनगरको परिचय, सेनवंशी शासन, भेडियारी र विराटराजाको दरबार, विराटनगरको नामकरण र ऐतिहासिकताका बारेमा उल्लेख छ । पुस्तकमा महानगरमा भाषा–साहित्य, ऐतिहासिक विद्यालय, राजनीति, धर्म, संस्कृति, उद्योग, कला, खेलकुदलगायत क्षेत्रमा भए/गरेको विकास र इतिहासबारे उल्लेख छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।