बालकृष्णको नेपाली बृहत् शब्दकोश तयार गर्न योगदान

भाषाशास्त्री पोखरेलको स्मृतिग्रन्थ प्रकाशित

 

 

मोरङ — भाषाशास्त्री बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ प्रकाशित भएको छ । विराटनगर महानगरपालिका कार्यालयले स्मृतिग्रन्थसँगै ‘ऐतिहासिक विराटनगर’ पुस्तक प्रकाशित गरेको हो । विराटनगरमा सोमबार आयोजित कार्यक्रममा प्राध्यापक गोपाल भण्डारीलगायतले दुवै पुस्तक विमोचन गरे । स्मृतिग्रन्थ विवश पोखरेलले सम्पादन गरेका हुन् ।

२०२१ सालमा पोखरेलले मदन पुरस्कार प्राप्त गरेका थिए । प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश तयार पार्न उनले २०३६ देखि ५ वर्षसम्म योगदान गरेका थिए । त्यस्तै, ५२ वर्षको खोजपछि उनले ७५ हजार शब्दको बृहत् नेपाली–अंग्रेजी नेपाली कोश प्रकाशित गरेका थिए । लामो समय विराटनगरमा बिताएका उनको ८६ वर्षको उमेरमा २०७५ फागुनमा निधन भएको थियो । ८ सय १२ पृष्ठको स्मृतिग्रन्थमा विभिन्न व्यक्तिले पोखरेलका विषयमा लेखेका रचना संगृहीत छ ।

महानगरको इतिहास समेटिएको कृति ‘ऐतिहासिक विराटनगर’ समालोचक दधिराज सुवेदीले तयार पारेका हुन् । महानगरले दुवै पुस्तक प्रकाशित गरेर विराटनगरको इतिहासको संरक्षण गर्ने काम गरेको प्राध्यापक भण्डारीले बताए ।

४ सय ९ पृष्ठको पुस्तकमा विराटनगरको परिचय, सेनवंशी शासन, भेडियारी र विराटराजाको दरबार, विराटनगरको नामकरण र ऐतिहासिकताका बारेमा उल्लेख छ । पुस्तकमा महानगरमा भाषा–साहित्य, ऐतिहासिक विद्यालय, राजनीति, धर्म, संस्कृति, उद्योग, कला, खेलकुदलगायत क्षेत्रमा भए/गरेको विकास र इतिहासबारे उल्लेख छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खुलातर्फ केन्द्रीय सदस्यमा शिक्षामन्त्री पोखरेलको उम्मेदवारी

काठमाडौं,१० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुल्ला तर्फ) पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ।चितवनमा आइतबारदेखि

उपाध्यक्ष पौडेल पक्राउ परेकोमा एमालेको आपत्ति

काठमाडौं,९ असार । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले उहाँको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै अविलम्ब

बन्दसत्र सुरु, नेताहरूद्वारा उम्मेदवारी घोषणा

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तेस्रो दिन आज महाधिवेशनको बन्दसत्र औपचारिक रूपमा अघि बढेसँगै नेताहरूले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

एमालेलाई जनविश्वासको केन्द्र बनाइने महासचिव पोखरेलको दाबी

सुर्खेत,९ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि

सुनसरीमा ईभी कारको ठक्करबाट प्रहरी वरिष्ठ सई यादवको मृत्यु

सुनसरी,९ असार ।  सुनसरीको बर्जु गाउँपालिका–६ नरह चोक नजिक राजमार्गमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ सईको मृत्यु भएको छ। सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी

व्यवस्थापकीय चुनौतीका कारण बन्दसत्र लम्बिने संकेत

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रवक्ता मनिष झाले बन्दसत्र एक दिन थपिन सक्ने बताउनु भएको छ । मंगलबार रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत