अहिल्यै गठबन्धन तोड्नु हुँदैन, पछिको निर्णय पछि नै हुन्छ : सुजाता

sujata-koirala_e6Cm3qKeCW

 

 

 

विराटनगर । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अहिले चुनावी तालमेल आवश्यक रहेको भन्दै केन्द्रीय नेतृत्वले गरेको निर्णय कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिएकी छन् ।

 

आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले तालमेलको विरोध गर्नुको कुनै तुक नरहेको जिकिर गरिन् । “अहिलेको परिस्थितमा कांग्रेस गठबन्धनबाट भाग्नु हुँदैन । हिजोको कठिन परिस्थितिमा गठबन्धनकै कारण कांग्रेसको नेतृत्वमा सरकार बनेको हो,” उनले भनिन् ।

 

प्रतिनिधिसभाको अब हुने निर्वाचनमा आफू गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्रबाट उमेदवार हुने पनि उनले बताइन् । निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरिन् ।

 

“गठबन्धनको अहिल्यै तोडनु हुँदैन । मिलेरै निर्वाचन सम्पन्न गर्ने दायित्व समेत हाम्रै हो,” उनले भनिन्, “पार्टीको केन्द्रीय समितिले जे निर्णय गर्छ, त्यसलाई मानेर अघि बढ्नुको विकल्प छैन ।”

पार्टीभित्र देखिएका फरक मत र समूहका विषयमा टिप्पणी गर्दै उनले सबै एकजुट भएर कांग्रेसलाई विजयी गराउन लाग्नुपर्ने उल्लेख गरिन् ।

 

प्रतिनिधिसभाको निर्वाचनमा पनि तालमेल गर्ने वा एक्लै अघि बढ्ने भन्ने विषयमा पछि नै निर्णय हुनुपर्नेमा उनले जोड दिइन् । “पछिको निर्णय पछि नै हुन्छ,” उनले भनिन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन