अहिल्यै गठबन्धन तोड्नु हुँदैन, पछिको निर्णय पछि नै हुन्छ : सुजाता

df]/ª, !^ r}t Mkqsf/ ;Dd]ngdf g]sf g]qL sf]O/fnf lul/hfk|;fb sf]O/fnf kmfp08]zg df]/ªåf/f lj/f6gu/df a'waf/ cfof]lht kqsf/ ;Dd]ngdf d'n'ssf] ;d;fdlos ljifodf af]Nb} g]sf s]Gb|Lo ;b:o ;'hftf sf]O/fnf . tl:a/M dgf]h bfxfn÷/f;;

 

 

 

विराटनगर । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अहिले चुनावी तालमेल आवश्यक रहेको भन्दै केन्द्रीय नेतृत्वले गरेको निर्णय कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिएकी छन् ।

 

आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले तालमेलको विरोध गर्नुको कुनै तुक नरहेको जिकिर गरिन् । “अहिलेको परिस्थितमा कांग्रेस गठबन्धनबाट भाग्नु हुँदैन । हिजोको कठिन परिस्थितिमा गठबन्धनकै कारण कांग्रेसको नेतृत्वमा सरकार बनेको हो,” उनले भनिन् ।

 

प्रतिनिधिसभाको अब हुने निर्वाचनमा आफू गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्रबाट उमेदवार हुने पनि उनले बताइन् । निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरिन् ।

 

“गठबन्धनको अहिल्यै तोडनु हुँदैन । मिलेरै निर्वाचन सम्पन्न गर्ने दायित्व समेत हाम्रै हो,” उनले भनिन्, “पार्टीको केन्द्रीय समितिले जे निर्णय गर्छ, त्यसलाई मानेर अघि बढ्नुको विकल्प छैन ।”

पार्टीभित्र देखिएका फरक मत र समूहका विषयमा टिप्पणी गर्दै उनले सबै एकजुट भएर कांग्रेसलाई विजयी गराउन लाग्नुपर्ने उल्लेख गरिन् ।

 

प्रतिनिधिसभाको निर्वाचनमा पनि तालमेल गर्ने वा एक्लै अघि बढ्ने भन्ने विषयमा पछि नै निर्णय हुनुपर्नेमा उनले जोड दिइन् । “पछिको निर्णय पछि नै हुन्छ,” उनले भनिन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत