३ हजार मतदान केन्द्र अति संवेदनशील क्षेत्रको रूपमा वर्गीकरण

 

 

स्थानीय निर्वाचनका लागि १ लाख म्यादी प्रहरी, ६१ हजार ८ सय ३१ नेपाल प्रहरी र २३ हजार ५ सय ३२ सशस्त्र प्रहरी खटाइने भएको छ। नेपाली सेनाको सङ्ख्या भने खुलाइएको छैन। स्थानीय निर्वाचनमा तराईका सबै जिल्ला र पहाडका केही गरी करिब ३ हजार मतदान केन्द्र अति संवेदनशील क्षेत्रको रूपमा वर्गीकरण गरिएको छ। भारतसँग सिमाना जोडिएका तराईका र विभिन्न भूमिगत समूह र निर्वाचन बहिष्कार गर्ने दलको बाहुल्यता रहेका क्षेत्रलाई अति संवेदनशील सूचीमा राखिएको छ।

गृह मन्त्रालयले तयार गरेको सुरक्षा रणनीतिमा ज्वाला समूह, निर्वाचन बहिष्कार गरेको वैद्य निकट नेकपा माओवादी, सिके राउतको जनमत पार्टीलगायतका केही साना दल चुनौतीको रूपमा रहेको उल्लेख गरिएको छ। त्यसका लागि गृह मन्त्रालयले तीनै सुरक्षा निकायलाई संवेदनशील क्षेत्र र मतदान केन्द्रमा विशेष निगरानी अपनाउन निर्देशन दिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम–झापा फास्ट ट्र्याकको ठेक्का तोड्न मन्त्रीको निर्देशन

विराटनगर ,७ भदौ। लामो समयसम्म काम अलपत्र पारेको भन्दै इलाम–झापा फास्ट ट्र्याक सडक निर्माणको ठेक्का सम्झौता तोड्न पूर्वाधार विकास मन्त्री लम्सालले निर्देशन दिनु भएको छ।

हतियार उत्पादन दोब्बरले वृद्धि गरेको इरानको दाबी

तेहरान । इरानले पछिल्लो एकवर्षमा आफ्नो हतियार तथा रक्षा उपकरण उत्पादन दोब्बर बनाएको दाबी गरेको छ । इरानको रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाइ–निकले शुक्रबार सरकारी

कलैयाबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला

रौतहट,७ भदौ । बाराको कलैया उपमहानगरपालिका–१, कट्टीपर्साबाट हराएकी दुई वर्षीया बालिका बिन्दी मण्डल सकुशल भेटिएकी छन् । स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी शनिबार साँझदेखि घरैबाट

जनताको समर्थन हुँदाहुँदै कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौं : प्रचण्ड

काठमाडौं,७ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताउनु भएको छ । कम्युनिस्ट

रास्वपा कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी हो : झलनाथ खनाल

काठमाडौँ,६ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वर्गीय हिसाबले पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी बनेको बताउनु

जाजरकोटमा विस्थापितका लागि मकैबारीमा अस्थायी बास

सुर्खेत,६ भदौ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई राख्न मकैबारी फाँडेर अस्थायी सेल्टर निर्माण सुरु गरिएको छ । पहिरोका कारण घरबास गुमाएका