मानव बेचबिखनको बदलिँदो स्वरूप रोकथाम गर्न सामूहिक प्रयास आवश्यक छ : आईजीपी कार्की

काठमाडौं,१२ साउन । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मानव बेचबिखनको बदलिँदो र जटिल बन्दै गएको स्वरूपलाई नियन्त्रण गर्न राज्य, सुरक्षा निकाय, नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायबीच समन्वित र सामूहिक प्रयास आवश्यक रहेको बताउनु भएको छ ।

मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आईजीपी कार्कीले मानव बेचबिखन अब परम्परागत स्वरूपमा मात्र सीमित नरहेको बताउनुभयो । उहाँका अनुसार विगतमा मानव बेचबिखन मुख्यतः यौन शोषण, जबरजस्ती श्रम, जबरजस्ती विवाह तथा बालबालिकाको बेचबिखनजस्ता गतिविधिमा केन्द्रित भए पनि पछिल्ला वर्षहरूमा यसको स्वरूप प्रविधिमा आधारित अपराधतर्फ विस्तार हुँदै गएको छ ।

उहाँले आकर्षक तलब र सुविधायुक्त रोजगारीको प्रलोभन देखाएर व्यक्तिलाई विदेश पु¥याउने, त्यसपछि बन्धक बनाएर डिजिटल प्लेटफर्ममार्फत अनलाइन ठगी तथा साइबर स्क्याममा संलग्न हुन बाध्य पार्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्नुभयो ।

‘पछिल्ला वर्षहरूमा आकर्षक रोजगारीको प्रलोभनमा पारी विदेश लैजाने र बन्धक बनाई डिजिटल प्लेटफर्ममार्फत जबरजस्ती अनलाइन ठगी तथा साइबर स्क्याम गर्न लगाइने घटनाहरू बढेका छन,’ उहाँले भन्नु भयो ।

कार्कीले मानव बेचबिखन अहिले अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँग जोडिएको संगठित अपराधको रूपमा विकसित भएको बताउनु भएको छ । त्यसैले यसलाई केवल परम्परागत मानव बेचबिखनको दृष्टिकोणबाट मात्र हेर्न नहुने उहाँको भनाइ थियो । उहाँले मानव बेचबिखन नियन्त्रणका लागि साइबर अपराध, आर्थिक अपराध तथा अन्तर्राष्ट्रिय संगठित अपराधसँगको अन्तरसम्बन्धलाई समेत ध्यानमा राखेर अध्ययन, अनुसन्धान र नियन्त्रणका रणनीति तयार गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

आईजीपी कार्कीले बदलिँदो चुनौतीसँग जुध्न कानुनी, प्राविधिक तथा अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिँदै मानव बेचबिखनविरुद्धको अभियानमा सबै सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी

मोरङमा मेला, महोत्सव र विवाहमा डिजे बजाउन रोक

विराटनगर,१२ साउन ।जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर आयोजना हुने मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराण लगायतका कुनै पनि कार्यक्रमहरूमा डिजे बजाउन पूर्ण

सरकार र डा. केसी बीच ७ बुँदे सहमति, ५ औँ दिनमा तोडियो अनसन

धनगढी,१२ साउन । स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बस्नु भएको ड. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिसँगै बिहीबारदेखि धनगढीमा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने

काठमाडौं/ स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोडका घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको ‘स्वास्थ्यकर्मी तथा

मानव बेचबिखनको बदलिँदो स्वरूप रोकथाम गर्न सामूहिक प्रयास आवश्यक छ : आईजीपी कार्की

काठमाडौं,१२ साउन । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मानव बेचबिखनको बदलिँदो र जटिल बन्दै गएको स्वरूपलाई नियन्त्रण गर्न राज्य, सुरक्षा निकाय, नागरिक समाज तथा अन्तर्राष्ट्रिय

निर्वाचन आयोगलाई थप स्वतन्त्र र प्रभावकारी बनाउन सांसदहरूको जोड

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा. राजीव सुब्बा (काठमाडौं)सँग संसदीय सुनुवाइ