पीडकबाट पीडित पक्षले क्षतिपूर्ति पाउनै कठिन

 

 

 

 

ताप्लेजुङ — १६ वर्षीया बालिका बलात्कार कसुरमा फुङलिङ नगरपालिका–९ का २६ वर्षीय पेम्बा शेर्पालाई अदालतले ८ वर्ष कैद र पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गर्‍यो । २०७६ असार १६ मा जिल्ला अदालतले गरेको फैसलाविरुद्ध पीडक पक्ष उच्च अदालत विराटनगर ‘इलाम इजलास’ पुगे ।

इलामले जिल्ला अदालतको भन्दा २ वर्ष बढी अर्थात् १० वर्ष कैदको फैसला सुनायो । १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने जिल्ला अदालतको फैसलालाई सदरै गर्‍यो । तर पीडित पक्षले उक्त रकम अझै पाएका छैनन् ।

फुङलिङ–१० फुरुम्बुका महेन्द्र भट्टराईलाई जलविद्युत् परियोजनाको सवारीसाधन आगजनी गरेको कसुरमा २०७७ भदौ १० मा अदालतले दोषी ठहर गर्‍यो । सानिमा मिडिल तमोर हाइड्रोपावरको ‘सिनो ड्रम ट्रक’ मा गरेको आगजनीमा २ वर्ष कैद र क्षतिपूर्तिबापत २४ लाख ४० हजार २ सय ६६ रुपैयाँ भराउने फैसला भयो । उच्च अदालतले पनि २०७७ फागुन १८ मा जिल्ला अदालतको फैसलालाई सदर गरिदियो । भट्टराईले कैद भुक्तान गरिसके पनि बिगो रकम भने बुझाएका छैनन् । उनले जलविद्युत् परियोजनाको चच्याङ फस्ट हाइड्रो एन्ड पावर कन्स्ट्रक्सन ग्रुपको गाडीमा क्षति पुर्‍याएका थिए ।

जिल्ला अदालत र सरकारी वकिल कार्यालयको तथ्यांकअनुसार अदालतले गरेका १९ मुद्दाको क्षतिपूर्ति पीडित पक्षले पाउन बाँकी छ । उक्त रकम करिब ५७ लाख ७९ हजार १ सय रुपैयाँ हुन आउँछ । क्षतिपूर्ति दिने र पाउनेमा बलात्कार, ट्रक आगजनी, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, डाँका र आपराधिक उपद्रव जस्ता मुद्दासँग सम्बद्ध छन् ।

अदालतबाट फैसला भएका १९ मध्ये ९ वटा मुद्दाका पीडितलाई क्षतिपूर्ति दिलाउन अदालतको तहसिल शाखासँग समन्वय गरेको जिल्ला न्यायाधिवक्ता युवराज महत बताउँछन् । ‘बाँकी १० वटाको पनि समन्वय गर्ने तयारी छ,’ उनले भने । महतका अनुसार सरकारी वकिलको कार्यालयले प्रहरीसँग समन्वय गरेर अदालतको तहसिल शाखामा पठाएकामध्ये २ वटा मुद्दाको भने पीडितले क्षतिपूर्ति पाइसकेका छन् । क्षतिपूर्तिका लागि फैसला भएकामा बलात्कारका ८, ज्यान मार्ने उद्योगका ५, चोरीका ३, कर्तव्य ज्यान १, डाका १ र आपराधिक उपद्रवका १ छन् । निमित्त तहसिलदार दामोदर ढकालका अनुसार नौ वटाको पनि क्षतिपूर्ति भराउने प्रक्रिया अगाडि बढेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो