पीडकबाट पीडित पक्षले क्षतिपूर्ति पाउनै कठिन

 

 

 

 

ताप्लेजुङ — १६ वर्षीया बालिका बलात्कार कसुरमा फुङलिङ नगरपालिका–९ का २६ वर्षीय पेम्बा शेर्पालाई अदालतले ८ वर्ष कैद र पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गर्‍यो । २०७६ असार १६ मा जिल्ला अदालतले गरेको फैसलाविरुद्ध पीडक पक्ष उच्च अदालत विराटनगर ‘इलाम इजलास’ पुगे ।

इलामले जिल्ला अदालतको भन्दा २ वर्ष बढी अर्थात् १० वर्ष कैदको फैसला सुनायो । १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने जिल्ला अदालतको फैसलालाई सदरै गर्‍यो । तर पीडित पक्षले उक्त रकम अझै पाएका छैनन् ।

फुङलिङ–१० फुरुम्बुका महेन्द्र भट्टराईलाई जलविद्युत् परियोजनाको सवारीसाधन आगजनी गरेको कसुरमा २०७७ भदौ १० मा अदालतले दोषी ठहर गर्‍यो । सानिमा मिडिल तमोर हाइड्रोपावरको ‘सिनो ड्रम ट्रक’ मा गरेको आगजनीमा २ वर्ष कैद र क्षतिपूर्तिबापत २४ लाख ४० हजार २ सय ६६ रुपैयाँ भराउने फैसला भयो । उच्च अदालतले पनि २०७७ फागुन १८ मा जिल्ला अदालतको फैसलालाई सदर गरिदियो । भट्टराईले कैद भुक्तान गरिसके पनि बिगो रकम भने बुझाएका छैनन् । उनले जलविद्युत् परियोजनाको चच्याङ फस्ट हाइड्रो एन्ड पावर कन्स्ट्रक्सन ग्रुपको गाडीमा क्षति पुर्‍याएका थिए ।

जिल्ला अदालत र सरकारी वकिल कार्यालयको तथ्यांकअनुसार अदालतले गरेका १९ मुद्दाको क्षतिपूर्ति पीडित पक्षले पाउन बाँकी छ । उक्त रकम करिब ५७ लाख ७९ हजार १ सय रुपैयाँ हुन आउँछ । क्षतिपूर्ति दिने र पाउनेमा बलात्कार, ट्रक आगजनी, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, डाँका र आपराधिक उपद्रव जस्ता मुद्दासँग सम्बद्ध छन् ।

अदालतबाट फैसला भएका १९ मध्ये ९ वटा मुद्दाका पीडितलाई क्षतिपूर्ति दिलाउन अदालतको तहसिल शाखासँग समन्वय गरेको जिल्ला न्यायाधिवक्ता युवराज महत बताउँछन् । ‘बाँकी १० वटाको पनि समन्वय गर्ने तयारी छ,’ उनले भने । महतका अनुसार सरकारी वकिलको कार्यालयले प्रहरीसँग समन्वय गरेर अदालतको तहसिल शाखामा पठाएकामध्ये २ वटा मुद्दाको भने पीडितले क्षतिपूर्ति पाइसकेका छन् । क्षतिपूर्तिका लागि फैसला भएकामा बलात्कारका ८, ज्यान मार्ने उद्योगका ५, चोरीका ३, कर्तव्य ज्यान १, डाका १ र आपराधिक उपद्रवका १ छन् । निमित्त तहसिलदार दामोदर ढकालका अनुसार नौ वटाको पनि क्षतिपूर्ति भराउने प्रक्रिया अगाडि बढेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको

के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ?

काठमाडौं,२७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताउनु भएको

दुई देशको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो परराष्ट्रमन्त्री खनाल

काठमाडौं २७ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा

पेलेर जाने कि सम्हालेर लाने ? हर्क साम्पाङ

  काठमाडौं,२८ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवाद सम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताउनु भयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै

शैक्षिक परामर्श सेवामा धरौटी : राज्य किन “हलो अड्काएर गोरु कुट्ने” बाटोमा ?

विद्यार्थीको भविष्य सुरक्षित बनाउने नाममा राज्यले ल्याउन खोजेको अत्यधिक धरौटीको व्यवस्था वास्तवमै समाधान हो कि समस्याको अर्को रूप ? आज यो प्रश्न शैक्षिक परामर्श क्षेत्रमा

सहकारी क्षेत्र बिकासका लागि हस्तक्षेपकारी होइन सहयागि बन्नु पर्छ : सचिव भुजेल

काठमाडौं,२७ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनु भएको