दमक/
प्रेस चौतारी नेपाल माई पश्चिम झापाको क्षेत्रिय कमिटी गठन भएको छ ।
बुधबार चौतारीको चौथो साधरणसभाले नयाँ पदाधिकारी चयन गरेको हो । नव निर्वाचित पदाधिकारीमा अध्यक्षमा भूमिराज पराजुली, उपाध्यक्षमा लक्ष्मी अधिकारी, सचिवमा कोशिस सिवाकोटी सह-सचिवमा श्रीष्टि गुरागाई र कोषाध्यक्षमा दिपेश पोखरेल चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा मात्रीका पौडेल, कमल कट्वाल, जयकुमार राई र मन राई चयन हुनु भएको छ ।
निर्वाचीत कार्यसमितीका पदाधिकारी र सदस्यहरुलाई प्रेस चोतारी नेपाल झापाका अध्यक्ष मनकुरमा गदालले सपथ ग्रहण गरानु भएको थियो । कार्यक्रममा चौतारीका केन्द्रिय सदस्य टिकाराम उप्रेतीको अध्यक्ष मण्डलले कार्यसमितीको नामावाली प्रस्ताव गर्नु भएको थियो । सोहि नामलाई कार्यक्रममा सहभागीहरुले स्विकार गरेपछि पारित भएको थियो ।
साथै नयाँ कार्यसमितीको पहिलो बैठक पनि सम्पन्न गरेको छ । पहिलो बैठकले चौतारीको झापा जिल्ला र प्रदेश कमिटीलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्दै अन्य आसन्न स्थानीय तहको चुनाव लक्षीत तालिम १ हप्ता भित्र सम्पन्न गर्ने समेत निणर्य गरेको नव निर्वाचित अध्यक्ष भूमिराज पराजुलीले जानकारी दिनुभयो ।