भोटेकोशीले दिएको पाठ : अब जोखिम नहेरी विकास नगरौँ र प्राकृतिक विपद्पछि कस्तो संरचना बनाउने ?

भोटेकोशीको बाढीले एउटा गम्भीर प्रश्न उठाएको छ—हामी विकास गरिरहेका छौँ कि भविष्यको विपद् निर्माण गरिरहेका छौँ?

सडक बन्यो, पुल बन्यो, जलविद्युत् आयोजना बन्यो—हामी भन्छौँ विकास भयो।

तर भोटेकोशीको बाढीले सडक, पुल र जलविद्युत् आयोजनामै ठूलो क्षति पु¥याएपछि अब प्रश्न उठेको छ—यी संरचना बनाउँदा विपद्को जोखिम कति हेरियो?

बाढी आयो भने ‘प्राकृतिक विपद्’ भनेर प्रकृतिलाई दोष दिन सजिलो छ।

तर नदीको बहाव क्षेत्र मिचेर संरचना कसले बनायो? जोखिमयुक्त भूगोलमा सडक कसले खन्यो? पहिरो र बाढीको जोखिमलाई डिजाइनमा कति समेटियो?

अब विकासको मापदण्ड बदल्नुपर्ने बेला आएको छ।

कति किलोमिटर सडक बन्यो भन्ने होइन, कति सडक विपद्–उत्थानशील बन्यो?

कति पुल बने भन्ने होइन, भोलिको बाढी थेग्न सक्ने पुल कति बने?

विपद् आएपछि राहत र उद्धारमा मात्रै बजेट खर्च गर्ने होइन, विपद् आउनुअघि नै जोखिम घटाउने पूर्वाधार बनाउनुपर्छ।

किनकि आज बनाएको सडक, पुल र बस्तीले भोलिको पुस्तालाई सुरक्षित बनाउने हो कि नयाँ जोखिम हस्तान्तरण गर्ने हो—निर्णय अहिले हाम्रो हातमा छ।

(तस्बिर एआइ)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको आरके फेसनमा किन आए ‘कुल बोइ’ पासरबम ठकुरी ?

दमक, १४ भदौ। चर्चित कलाकार पारसबम ठकुरी दमकमा रहेको आरके फेसन स्टोरमा देखिएपछि उहाँका प्रशंसकको भीड लागेको छ।आरके फेसन स्टोरको १५औँ वार्षिकोत्सवको अवसरमा खड्का दमक

विपद्मा सरकारसँगै छौँ, तर कमजोरीमा खबरदारी गर्छौँ : गगन थापा

काठमाडौं , भदौ १४ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकारलाई पूर्ण रूपमा साथ दिने बताएका छन् । साथै, प्रमुख

शिक्षक मृत्यु, कुटपिट गरी हत्या गरिएको परिवारको आरोप

भोजपुर,१४ भदौ। भोजपुरको केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको कुटपिटबाट मृत्यु भएको छ। धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरीमा ऋषितर्पणी पूर्णिमाको अवसरमा लागेको

रसुवामा कार्यरत भोजपुरका ४ जना सम्पर्कविहीन

भोजपुर,१३ भदौ । भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् । रोजगारीका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी

बाढीपीडितका लागि राहत बोकेर नुवाकोट पुगे मिराज ढुंगानासहितको टोली

काठमाडौं , भदौ १४ । जेनजी अभियन्ता मिराज ढुंगानालगायतको टोली नुवाकोटको बाढी प्रभावित क्षेत्रमा राहत लिएर पुगेको छ ।नुवाकोट दरबारमा उद्धार गरी ल्याइएका बाढीपीडितहरूको क्याम्पमा

भेनमा लुकाएर ल्याइएको ५ लाखको हुक्का फ्लेवर बरामद

झापा, भदौ १४ । अवैध सामानको ओसारपसार नियन्त्रणमा लगातार खटिदै आएको सशस्त्र प्रहरीले आज बिहान भेनसहित ५ लाखको अवैध सामान बरामद गरेको छ ।बिहान ७.१०