भोटेकोशीको बाढीले एउटा गम्भीर प्रश्न उठाएको छ—हामी विकास गरिरहेका छौँ कि भविष्यको विपद् निर्माण गरिरहेका छौँ?
सडक बन्यो, पुल बन्यो, जलविद्युत् आयोजना बन्यो—हामी भन्छौँ विकास भयो।
तर भोटेकोशीको बाढीले सडक, पुल र जलविद्युत् आयोजनामै ठूलो क्षति पु¥याएपछि अब प्रश्न उठेको छ—यी संरचना बनाउँदा विपद्को जोखिम कति हेरियो?
बाढी आयो भने ‘प्राकृतिक विपद्’ भनेर प्रकृतिलाई दोष दिन सजिलो छ।
तर नदीको बहाव क्षेत्र मिचेर संरचना कसले बनायो? जोखिमयुक्त भूगोलमा सडक कसले खन्यो? पहिरो र बाढीको जोखिमलाई डिजाइनमा कति समेटियो?
अब विकासको मापदण्ड बदल्नुपर्ने बेला आएको छ।
कति किलोमिटर सडक बन्यो भन्ने होइन, कति सडक विपद्–उत्थानशील बन्यो?
कति पुल बने भन्ने होइन, भोलिको बाढी थेग्न सक्ने पुल कति बने?
विपद् आएपछि राहत र उद्धारमा मात्रै बजेट खर्च गर्ने होइन, विपद् आउनुअघि नै जोखिम घटाउने पूर्वाधार बनाउनुपर्छ।
किनकि आज बनाएको सडक, पुल र बस्तीले भोलिको पुस्तालाई सुरक्षित बनाउने हो कि नयाँ जोखिम हस्तान्तरण गर्ने हो—निर्णय अहिले हाम्रो हातमा छ।
(तस्बिर एआइ)









