दमक रथयात्रा विशेष

दमकका ठाउँ ठाउँमा निशुल्क शौचालय

रथयात्रामा सहभागी सबैलाई नजिकैका स्थानमा व्यवस्था गरिएका निःशुल्क शौचालय प्रयोग गर्न अनुरोध

दमक २० भदौ | दमकमा आज दिउँसो २ बजेदेखि सुरु हुने रथयात्रालाई लक्षित गर्दै दमक उद्योग वाणिज्य संघले सरसफाइमा विशेष ध्यान दिन श्रद्धालु भक्तजन तथा उपस्थित महानुभावहरूलाई आग्रह गरेको छ।

संघका अध्यक्ष गोपाल गुरागाईले रथयात्रामा सहभागी सबैलाई नजिकैका स्थानमा व्यवस्था गरिएका निःशुल्क शौचालय प्रयोग गर्न अनुरोध गर्नुभएको छ।

ती शौचालयमा आवश्यक संकेत तथा सूचना राखिएको जनाइएको छ। ती स्थानबारे जानकारी दिन संघले जिम्मेवार ब्यक्तिहरुसमेत खटाएको छ । 

रथयात्राको पुर्वसन्ध्यामा आज बिहानै संघका प्रथम उपाध्यक्ष रुवल अधिकारी , द्वितीय उपाध्यक्ष टिकाराम खतिवडा , अन्य कार्यसमिति सदस्य , जेसिज दमकका अध्यक्ष राजेन्द्र विमली समेतको टोली ठाउँ ठाउमा पुगेर निरीक्षण गरेको छ ।

आफूले प्रयोग गर्ने स्थान सफा राख्ने, फोहोर जथाभावी नफाल्ने र अरूलाई समेत सरसफाइका लागि प्रेरित गर्ने कार्यमा सबैले सहयोग गर्न संघले आग्रह गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित

एजेन्सी ,९ असोज। नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको छ । विशेषगरी रिम्बी क्षेत्रमा गएको ठूलो पहिरोका

विद्यालाई दोस्रो वरीयतामा ल्याइएपछि पार्टीभित्र हलचल

काठमाडौँ ,९ असोज। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकसँगै पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको विषय फेरि चर्चामा आएको छ । एमालेभित्र अहिले भण्डारीको राजनीतिक

देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द

काठमाडौं ,९ असोज। जिल्ला प्रशासन कार्यालयहरूबाट प्रकाशित सूचनाअनुसार देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

गण्डकी बेसिनका सबै हाइड्रोहरुमा हाइ अलर्ट

काठमाडौँ ,९ असोज। असोज ९–११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ । मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाले गण्डकी

आजको मौसम: कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौ |९ असोज | हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र