गण्डकी बेसिनका सबै हाइड्रोहरुमा हाइ अलर्ट

काठमाडौँ ,९ असोज। असोज ९–११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाले गण्डकी धेरै प्रभावित हुने प्रक्षेपण गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत विकास विभागले गण्डकी बेसिनका सबै हाइड्रोलाई हाइ अलर्टमा राखेको हो ।

विभागका महानिर्देशक सागरराज गौतमले नेपाल विद्युत प्राधिकरण अन्तर्गतका आयोजना र निजी क्षेत्रमा सञ्चालित आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको बताउनु भयो ।

उहाँकाअनुसार विद्युत प्राधिकरणले आफ्ना सबै आयोजनाहरुलाई मौसमको निरन्तर जानकारी लिइ सोहीअनुसारको सुरक्षा उपाय अपनाउन निर्देशन दिएको छ भने निजी क्षेत्रका तर्फबाट इप्पानले समन्वय गरिरहेको छ ।

बिहीबार बेलुकी बसेको नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीबाट पाठ सिक्दै मौसम प्रणालीको निरन्तर अपडेट लिएर गण्डकीलगायत सम्भावित ठाउँका जलविद्युत र विद्युत पूर्वाधारको सुरक्षा सतर्कता अपनाउन निर्देशन दिनुएको थियो ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले गण्डकीका सबै आयोजनाहरुलाई २४सै घण्टा उच्च सतर्कतामा राखिएको बताउनु भयो । प्राधिकरणबाट निरन्तर समन्वय भइरहेको र निजी क्षेत्रबाट इप्पानले प्राधिकरणमा प्रतिनिधि नै खटाई समन्वय भइरहेको जानकारी दिनुभयो ।

भोटेकोशी बाढीबाट विद्युत पूर्वाधार, जलविद्युत आयोजना र सवस्टेसनमा क्षति पुगेर १० प्रतिशत बिजुली प्रणाली बाहिर गएपछि सरकारले अब आउनसक्ने विपत्तिको सामना गर्न पूर्वतयारी र पूर्वसूचनामा विशेष ध्यान दिएको ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षिकाको निधनमा विद्यालयबाट ६५ हजार सहयोग

पथरी, ९ असोज / मोरङको पथरी शनिश्चरे १ स्थित पञ्चायत माविकी शिक्षिका शान्तिदेवी गौतम न्यौपानेको निधनमा विद्यालयले उहाँका परिवारलाई ६५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह

इनरुवा,९ असोज । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहावमा वृद्धि भएको छ । शुक्रबार

भोटेकोशी बाढी अपडेट , १ हजार ४५३ जनाको शव फेला

काठमाडौं,९ असोज । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान ८ बजे सम्म १ हजार ४५३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा

सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित

एजेन्सी ,९ असोज। नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको छ । विशेषगरी रिम्बी क्षेत्रमा गएको ठूलो पहिरोका

विद्यालाई दोस्रो वरीयतामा ल्याइएपछि पार्टीभित्र हलचल

काठमाडौँ ,९ असोज। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकसँगै पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको विषय फेरि चर्चामा आएको छ । एमालेभित्र अहिले भण्डारीको राजनीतिक

देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द

काठमाडौं ,९ असोज। जिल्ला प्रशासन कार्यालयहरूबाट प्रकाशित सूचनाअनुसार देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार