लोकेश र सन्दीपको आक्रामक ब्याटिङ, नेपालले बनायो ४ विकेटको क्षतिमा १४९ रन

काठमाडौं , असोज १० । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।वर्षाका कारण खेल १५ ओभरमा छोट्याइएको थियो । निर्धारित १५ ओभरमा नेपालले चार विकेट गुमाउँदै १४९ रन बनाएको हो ।नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५७ रन बनाए । उनले ३२ बलको सामना गर्दै पाँच चौका र तीन छक्का प्रहार गरे , उनी नटआउट रहे ।यस्तै, लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ५२ रन बनाए । उनले ६ छक्का र एक चौका प्रहार गरे । बमले खेलको अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन् ।ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाए । कुशल भुर्तेल १२ बलमा चार रन बनाएर आउट भए । त्यस्तै, कुशल मल्ल र गुल्सन झा समान दुई रनमा पवेलियन फर्किए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पुरानो इतिहासमा नयाँ जोश भरेर महाधिवेशनमा जान्छौँ : डा. शशांक कोइराला

काठमाडौं , १० असोज। नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले पार्टीलाई नयाँ ऊर्जा र संकल्पका साथ १५औँ महाधिवेशनमा होम्न लागिएको बताउनुभएको छ।महाराजगञ्जस्थित

जलवायु संकट सामना गर्न नेपालद्वारा ‘हिमालयन रेजिलियन्स मेकानिजम’को प्रस्ताव

काठमाडौं, असोज १०।संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह शनिबार अपराह्न स्वदेश फर्कनुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीको

हिमालय फुटसल गोल्ड कपको उपाधि मेन्टेन एफसीलाई, भोटे एफसी पेनाल्टीमा पराजित

काठमाडौं , असोज १०। तेस्रो संस्करणको ’हिमालय फुटसल गोल्ड कप २०८३’को उपाधि मेन्टेन एफसीले जितेको छ ।राजधानीमा सम्पन्न फाइनलमा भोटे एफसीलाई पेनाल्टी सूटआउटमा ३–२ गोल

फुईयाको फुरफुर

उसले पढेको थियो, बुझेको थियो, “हिड्ने मान्छे लड्छ” भनेर। ए..बाबा नलडोस पनि कसरी, सबैले लढनै पर्छ। बालक देखि वृद्ध सम्म सबैले हिड्ने प्रयास गरेरै लड्ने हुन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिएर प्रधानमन्त्री बालेन शाह स्वदेश फिर्ता

काठमाडौं , १० असोज। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किनुभएको छ । उहा केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो

काजु र खुवाका नाममा बिस्कुटको धुलो : अनुगमनमा भेटियो उपभोक्ताको स्वास्थ्यमाथि चरम खेलबाड

 काठमाडौं , १० असोज। चाडपर्व नजिकिएसँगै बजारमा किनमेल गर्ने उपभोक्ताहरूको घुइँचो लाग्न थालेको छ ।उपत्यकाबाट गाउँ फर्किनेहरू हुन् वा आफन्तकोमा जानेहरू, सबैको हातमा कोसेलीको रूपमा