कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय अधिवेशनको तयारी पूरा, असोज १३ भित्र सम्पन्न हुने

काठमाडौँ , असोज १०। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। मौसमका कारण केही क्षेत्रमा अधिवेशनको मिति तलमाथि भए पनि अधिकांश निर्वाचन क्षेत्रमा असोज १० गतेदेखि क्षेत्रीय अधिवेशन सुरु हुने र स्थानीय अनुकूलताअनुसार असोज १३ गतेभित्र सम्पन्न गर्ने व्यवस्था गरिएको छ। क्षेत्रीय अधिवेशनमा मतदाताले एउटै पदका लागि मात्र मतदान गर्ने होइन, फरक–फरक क्लस्टरअनुसार छुट्टाछुट्टै प्रतिनिधि चयन गर्नुपर्ने व्यवस्था छ।त्यसैले मतदानअघि आफू कुन क्लस्टरमा परेको हो र सम्बन्धित क्लस्टरमा कति उम्मेदवारलाई मतदान गर्न पाइन्छ भन्ने विषय महत्वपूर्ण हुन्छ।

प्रतिनिधिसभा क्षेत्रबाट ३३ महाधिवेशन प्रतिनिधि

हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्।महिला क्लस्टरबाट ४ जना, खुला क्लस्टरबाट १० जना र युवा क्लस्टरबाट ३ जना निर्वाचित हुनेछन्, जसमा युवातर्फ कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था छ।त्यस्तै समानुपातिक तथा समावेशी क्लस्टरबाट १० जना प्रतिनिधि चयन हुनेछन्।यसका अतिरिक्त श्रमिक, पेसागत विज्ञ, अपाङ्गता भएका व्यक्ति, मुस्लिम तथा अल्पसंख्यक, दलित र प्रजातन्त्र सेनानी/सहिद परिवार/द्वन्द्वपीडित समूहबाट एक–एक जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्।

यसरी एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट कुल ३३ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०