कांग्रेसका ६ वटै तहमा ‘जेनजी’ पुग्ने, इतर समूहद्वारा निर्देशिका तयार

१० असोज, काठमाडौं । समानान्तर महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका ६ वटै तहमा नवयुवा (जेनजी)को प्रतिनिधित्व गराउने भएको छ ।१५ औं महाधिवेशनका लागि गठन गरिएको एकराज पोख्रेल संयोजकत्वको केन्द्रीय निर्वाचन समितिले तयार गर्न लागेको ‘१५ औं महाधिवेशन निर्वाचन निर्देशिका’ मा केन्द्रदेखि वडासम्मका कार्यसमितिहरूमा उक्त व्यवस्था गरिएको छ ।निर्वाचन निर्देशिकामा सबै तहका कार्यसमितिहरूमा १८ देखि २८ वर्षसम्म उम्मेर समूहका महिला र पुरूष एक–एक जनालाई अनिवार्य रुपमा समावेश गर्नुपर्ने प्रावधान राखिएको छ ।कांग्रेसको विधानमा केन्द्रीय, प्रदेश, जिल्ला, प्रदेशसभा, प्रतिनिधिसभा, गाउँ–नगर, वडा र टोल गरी आठ तहका कार्यसमितिहरू गठन हुने व्यवस्था छ । कांग्रेसमा मौजुदा अवस्थामा टोलबाहेक छ वडा कार्यसमितिहरू छन् ।

‘निर्वाचित हुने सबै तहका कार्यसमितिहरूमा एक जना १८ देखि २८ वर्षसम्मको महिला र एक जना १८ देखि २८ वर्षसम्मको नवयुवा अनिवार्य रुपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ,’ निर्देशिका निर्माणमा संलग्न स्रोतले भन्यो ।स्रोतका अनुसार, समावेशीअन्तर्गतका समूह (क्लष्टर) बाट निर्वाचित हुने प्रतिनिधिहरूमा पनि एक जना महिला र एक जना पुरुष १८ वर्षदेखि २८ वर्षसम्मको नवयुवा समावेश गर्नु पर्ने प्रावधान राखिएको छ ।‘समावेशीअन्तर्गत समावेश गरिएका क्लष्टरबाट निर्वाचित हुने प्रतिनिधिहरूमा समेत सकेसम्म एक जना महिला र एक जना पुरुष १८ वर्षदेखि २८ वर्षसम्मको नवयुवा समावेश गर्नु पर्नेछ,’ निर्देशिकामा लेखिएको छ ।निर्वाचन निर्देशिकामा १८ देखि २८ वर्षसम्मको नवयुवा नभए खाली हुन गएको अवस्थामा अन्य उमेर समूह वा अन्य समूहबाट पदपूर्ति गर्न सकिने बताइएको छ ।‘यदि कुनै स्थानमा १८ देखि २८ वर्षसम्मको तथा समावेशी क्लष्टरमा समेत १८ वर्ष देखि २८ वर्षसम्मको नवयुवा नभई खाली हुन गएको खण्डमा अन्य उमेर समूह वा अन्य समूहबाट पदपूर्ति गर्नलाई बाधा पुग्ने छैन,’ निर्देशिकामा उल्लेख छ ।

इतर समूहले निर्वाचन निर्देशिकामा विषयविज्ञ भएको स्थानमा विषयविज्ञको उपस्थिति पनि अनिवार्य गर्नुपर्ने बाध्यकारी प्रावधान निर्वाचन निर्देशिकामा राखेको छ ।  निर्देशिकालाई शनिबार अन्तिम रुप दिने तयारी रहेको बताएको छ ।१४ औं महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै पूर्वसभापति शेरबहादुर देउवाको समूहले जारी कांग्रेसको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।उक्त समूहले २१–२३ मंसिरमा केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्नेगरी कार्यतालिका ल्याएको छ । चुनदेवी सम्पर्क कार्यालयका अनुसार इतर समूहले १५ असोजमा देशभरका वडाहरूमा वडा अधिवेशन गर्दैछ ।१५ औं महाधिवेशनका लागि इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ गठन गरेको छ ।समितिले ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि र ५५ जिल्लामा संयोजकहरू तोकेर महाधिवेशनको तयारी गरिरहेको छ ।इतर समूहले वडा अधिवेशन गरेको भोलिपल्ट (१६ असोज) मा कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका सभापति गगन थापा नेतृत्वको कांग्रेसले केन्द्रीय महाधिवेशन काठमाडौंमै आयोजना गर्दैछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा