पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभिर खण्ड एकतर्फी खुल्यो

काठमाडौं , १० असोज। धादिङको कृष्णभिरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । बेनिघाट रोराङ गाउँपालिकाका – ७ वडाध्यक्ष कुमार बस्नेतले दिउँसो साढे १२ बजेबाट राजमार्ग एकतर्फी सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाका अनुसार, तत्काल दुईतर्फी बाटो सञ्चालनमा ल्याउन भने समस्या देखिएको छ । थप पहिरो नगएको खण्डमा आजबाट नियमित बाटो सञ्चालनमा आउने उहाले बताउनुभयो ।बिहीबार राति ढुंगासहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो ।पहिरोको जोखिमका कारण रातभर पृथ्वीराजमार्ग बन्द भएको थियो ।गत भदौ १४ गते कृष्णभिर क्षेत्रको सडक भासिएपछि डाइभर्सन बनाएर यातायात सन्चालन गरिएको थियो । सोही अस्थायी डाइभर्सनमा पहिरो झरेर बाटो बन्द भएको थियो ।यद्यपि अहिले बाटो एकतर्फी सञ्चालनमा आएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मुगुको खत्याडमा आगलागी : दुई घर जलेर पूर्ण रूपमा नष्ट

सुर्खेत , असोज १०। मुगुको खत्याड गाउँपालिका–२ सेरी गाउँमा आगलागी हुँदा दुई वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीमा सिपचन्द्र बुढा र धन

उदयपुरमा कांग्रेसको क्षेत्रीय अधिवेशन सुरु : आकांक्षी धेरै, सहमतिको प्रयास जारी

उदयपुर , असोज १०। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया सुरु भएको छ। दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा

लगातारको वर्षाले कर्णाली र राप्ती राजमार्गसहित कर्णालीका अधिकांश सडक अवरुद्ध

सुर्खेत , असोज १०। लगातारको भारी वर्षाका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाका सडक खण्ड अवरुद्ध भएका छन् । वर्षासँगै पहिरो तथा माटो खस्दा कर्णाली राजमार्ग,

१२ सय म्यानपावर हुँदा २५ वटालाई मात्र मलेसिया पठाउन दिने तयारीप्रति व्यवसायीको आपत्ति

काठमाडौं , असोज १०। वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हंसराज वाग्लेले वैदेशिक रोजगार क्षेत्रमा विभिन्न नाममा सिन्डिकेट कायम रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताउनुभएको छ

उर्लिएको कालीगण्डकीमा ज्यानको बाजी लगाएर दाउरा संकलन, प्रहरीको चेतावनी बेवास्ता

पर्वत , असोज १०। तीन दिनदेखि भइरहेको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च बनेको छ। उर्लिएको कालीगण्डकीले बगाएर ल्याएका ढुङ्गा, मुढा र दाउरा

कांग्रेस महाधिवेशनमा सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेतृत्वलाई आमन्त्रण

काठमाडौं , असोज १०। नेपाली कांग्रेसले सत्तापक्ष र प्रतिपक्षी दलका नेतृत्वहरूलाई १५औं महाधिवेशनको उद्घाटन समारोहमा आमन्त्रण गरेको छ ।कांग्रेसले १६ असोजमा उद्घाटन हुने केन्द्रीय महाधिवेशनका