उदयपुरमा कांग्रेसको क्षेत्रीय अधिवेशन सुरु : आकांक्षी धेरै, सहमतिको प्रयास जारी

उदयपुर , असोज १०। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया सुरु भएको छ। दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा क्षेत्रीय सभापति, प्रदेशसभा सभापति, महाधिवेशन प्रतिनिधिलगायत विभिन्न पदमा आकांक्षी बढेसँगै नेतृत्व चयनमा सहमति जुटाउने प्रयास चुनौतीपूर्ण बन्दै गएको छ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सर्कुलरअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया असोज १० गतेदेखि सुरु भएको हो। स्थानीय अवस्था र तयारीअनुसार मिति केही तलमाथि हुन सक्ने भए पनि असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। सोहीअनुसार उदयपुरमा पनि अधिवेशनसँग सम्बन्धित गतिविधि तीव्र बनेका छन्।उदयपुर क्षेत्र नं. १ अन्तर्गतको अधिवेशन चौदण्डीगढी नगरपालिकाको बेल्टारमा क्षेत्रीय सभापति खगेन्द्र राईको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य एवं कार्यसम्पादन समिति सदस्य लक्ष्मी परियारको प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ। त्यसैगरी, क्षेत्र नं. २ को अधिवेशन कटारी नगरपालिकाको कटारी बजारमा प्रदेशसभा (ख) का सभापति केशबहादुर मगरको अध्यक्षता तथा पार्टीका पूर्व जिल्ला सभापति हेरम्बबहादुर थापाको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो।

असोज ३ र ४ गते सम्पन्न वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूले नै क्षेत्रीय तथा प्रदेशसभा अधिवेशनमा उम्मेदवार बन्न र मतदान गर्न पाउनेछन्। वडा तहबाट निर्वाचित प्रतिनिधिहरू नै क्षेत्रीय अधिवेशनका मतदाता भएकाले क्षेत्रीय सभापति, प्रदेशसभा सभापति, पदाधिकारी तथा महाधिवेशन प्रतिनिधि चयनमा उनीहरूको भूमिका निर्णायक रहनेछ।विभिन्न क्लस्टरअनुसार छुट्टाछुट्टै प्रतिनिधि चयन गर्नुपर्ने भएकाले अधिवेशनको निर्वाचन प्रक्रिया पनि केही जटिल देखिएको छ। मतदानअघि आफू कुन क्लस्टरमा परेको हो र सम्बन्धित क्लस्टरबाट कति उम्मेदवारलाई मतदान गर्न पाउने भन्ने विषय प्रतिनिधिका लागि महत्वपूर्ण हुने कांग्रेस नेताहरू बताउँछन्।उदयपुर क्षेत्र नं. १ बाट ३३ जना र क्षेत्र नं. २ बाट ३३ जना गरी जिल्लाबाट कुल ६६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्। प्रदेशसभा सभापतिलाई समेत स्वतः महाधिवेशन प्रतिनिधि बनाउने व्यवस्था रहेकाले दुवै निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा (क) र (ख) सभापति पदमा समेत आकांक्षीहरूको सक्रियता बढेको छ।क्षेत्रीय सभापतिदेखि प्रदेशसभा (क) र (ख) सभापति तथा महाधिवेशन प्रतिनिधिसम्म विभिन्न पदमा आकांक्षीहरूको संख्या बढेपछि कांग्रेसभित्र सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ। यद्यपि, पदअनुसार आकांक्षीहरूको दाबी र समर्थन जुटाउने क्रम तीव्र भएकाले सबै पदमा सर्वसम्मति कायम गर्न चुनौती देखिएको छ।

अधिवेशनमा उम्मेदवारीको तयारी गरिरहेका नेताहरूले आ–आफ्नो पक्षमा क्षेत्रीय प्रतिनिधिहरूको समर्थन जुटाउन भेटघाट र छलफललाई तीव्र बनाएका छन्। कतिपय पदमा सहमतिको प्रयास भइरहे पनि आकांक्षीहरूको संख्या र नेतृत्वप्रतिको दाबीका कारण अन्तिमसम्म सहमति कायम हुन्छ वा निर्वाचन प्रक्रियामा जानुपर्छ भन्ने अवस्था स्पष्ट भइसकेको छैन।उदयपुरका दुवै निर्वाचन क्षेत्रअन्तर्गत हुने क्षेत्रीय तथा प्रदेशसभा (क) र (ख) अधिवेशनबाट चयन हुने नयाँ नेतृत्व र महाधिवेशन प्रतिनिधिलाई कांग्रेसको आगामी राजनीतिक गतिविधिका दृष्टिले महत्वपूर्ण मानिएको छ। क्षेत्रीय अधिवेशनबाट निर्वाचित नेतृत्व तथा महाधिवेशन प्रतिनिधिले जिल्ला हुँदै केन्द्रीय तहसम्मको पार्टीगत गतिविधि र समीकरणमा भूमिका खेल्ने भएकाले अधिवेशनप्रति कांग्रेसभित्र विशेष चासो देखिएको छ।नेपाली कांग्रेस उदयपुर क्षेत्रीय तथा प्रदेशसभा अधिवेशन निर्वाचन समितिले मनोनयन दर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका कार्यतालिका सार्वजनिक गरेको भए पनि मतदानको कार्यतालिका भने सार्वजनिक गरेको छैन।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फुईयाको फुरफुर

उसले पढेको थियो, बुझेको थियो, “हिड्ने मान्छे लड्छ” भनेर। ए..बाबा नलडोस पनि कसरी, सबैले लढनै पर्छ। बालक देखि वृद्ध सम्म सबैले हिड्ने प्रयास गरेरै लड्ने हुन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिएर प्रधानमन्त्री बालेन शाह स्वदेश फिर्ता

काठमाडौं , १० असोज। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किनुभएको छ । उहा केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो

काजु र खुवाका नाममा बिस्कुटको धुलो : अनुगमनमा भेटियो उपभोक्ताको स्वास्थ्यमाथि चरम खेलबाड

 काठमाडौं , १० असोज। चाडपर्व नजिकिएसँगै बजारमा किनमेल गर्ने उपभोक्ताहरूको घुइँचो लाग्न थालेको छ ।उपत्यकाबाट गाउँ फर्किनेहरू हुन् वा आफन्तकोमा जानेहरू, सबैको हातमा कोसेलीको रूपमा

वर्षौँ बित्दा पनि बनेनन् सडक र पुल, कर्णालीका १९ आयोजना अलपत्र

सुर्खेत , असोज १०। ठेक्का सम्झौता भएको वर्षौँ बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि कर्णाली प्रदेशका आठ जिल्लाका १९ आयोजना रुग्ण अवस्थामा पुगेका छन्। कतिपय आयोजना

मुगुको खत्याडमा आगलागी : दुई घर जलेर पूर्ण रूपमा नष्ट

सुर्खेत , असोज १०। मुगुको खत्याड गाउँपालिका–२ सेरी गाउँमा आगलागी हुँदा दुई वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीमा सिपचन्द्र बुढा र धन

उदयपुरमा कांग्रेसको क्षेत्रीय अधिवेशन सुरु : आकांक्षी धेरै, सहमतिको प्रयास जारी

उदयपुर , असोज १०। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया सुरु भएको छ। दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा