जलवायु संकट सामना गर्न नेपालद्वारा ‘हिमालयन रेजिलियन्स मेकानिजम’को प्रस्ताव

काठमाडौं, असोज १०।संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह शनिबार अपराह्न स्वदेश फर्कनुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीको आगमनलगत्तै परराष्ट्र मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा भ्रमण तथा महासभा सहभागिताबारे विस्तृत जानकारी दिइएको छ।पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले महासभामा नेपालले जलवायु न्याय, क्षेत्रीय समन्वय र पर्वतीय अर्थतन्त्रका विषयलाई सशक्त रूपमा उठाएको जानकारी दिनुभयो। “नेपालका लागि जलवायु परिवर्तन मानवीय संकट मात्र नभई समग्र विकासको गम्भीर चुनौती बनेको छ,” निमित्त सचिव ढकालले भन्नुभयो।नेपालको विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा योगदान ०.१ प्रतिशतभन्दा पनि न्यून रहे तापनि नेपालले यसको चरम, असमान र गम्भीर असर खेपिरहनुपरेको यथार्थ राष्ट्रसंघीय मञ्चमा प्रस्तुत गरिएको उहाँले प्रस्ट्याउनुभयो।

विशेषगरी हिमाली पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) मा परेको असरले हिमनदी तथा हिमतालहरू तीव्र रूपमा पग्लिँदै गएको, जसका कारण हिमपहिरो, बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्को जोखिम अस्वाभाविक रूपमा बढेको विषयलाई नेपालले अन्तर्राष्ट्रिय समुदायसामु ध्यानाकर्षण गराएको छ।जलवायुजन्य जोखिम न्यूनीकरण गर्न हिमतालहरूको निरन्तर निगरानी र पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने खाँचो औँल्याउँदै ढकालले हिमाली क्षेत्रको विपद् सीमापारसम्म फैलिने भएकाले प्रभावकारी अन्तर्राष्ट्रिय एवं क्षेत्रीय समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो।यसै सन्दर्भमा नेपालले ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको औपचारिक प्रस्ताव अघि सारेको जानकारी दिइएको छ। उक्त संयन्त्रमार्फत हिमाली क्षेत्रमा जलवायु परिवर्तनका चुनौती सामना गर्न क्षेत्रीय सहकार्य, विपद्को पूर्वसूचना आदानप्रदान तथा राहत एवं उद्धार व्यवस्थापनमा प्रभावकारी साझेदारी निर्माण हुने अपेक्षा नेपालले लिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा