आकर्षक उपहारको प्रलोभनमा बिर्तामोडमा चिठ्ठा धन्दा: नक्कली सदस्य खडा गरेर करोडौँको ठगी

बिर्तामोड, असोज ११ । झापाको बिर्तामोडमा कानुनी रूपमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय र अवैध चिठ्ठाका नाममा हजारौँ सर्वसाधारण ठगिने क्रम तीव्र बनेको छ। एनके, ब्राभो, अजम्बरी, युएलसी लगायत दर्जनौँ कम्पनीहरूले कार, मोटरसाइकल र आकर्षक उपहारको प्रलोभन देखाएर महिना-महिनामा रकम असुलिरहेका छन्।अनुसन्धानका क्रममा यी कम्पनीहरूले नक्कली सदस्य खडा गरी पुरस्कार कम्पनीमै राख्ने गरेको र राजस्वको नाममा २५ प्रतिशतसम्म रकम काटेर सरकारी खातामा दाखिला नगरी ठगी गरेको पाइएको छ।

एनके प्युरिफायरबाट ठगिएका पीडितहरू इलाका प्रहरी कार्यालय पुगेपछि अन्य ठगी प्रकरण पनि बाहिरिन थालेका छन्। केही साताअघि ग्लोबल ओरियन्सबाट ४१ जना पक्राउ परे पनि पहुँच र दबाबका कारण मुख्य गिरोहमाथि कडा कारबाही हुन सकेको छैन। दुई दशकअघि ठूलो विवाद निम्त्याएको अवैध चिठ्ठा धन्दा प्रशासनको बेवास्ताका कारण बिर्तामोडमा पुनः फस्टाएको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा