खेल मैदानमा उत्रिए मिसेस नेपाल वल्र्डका प्रतिस्पर्धी, डाँफे टिम बन्यो क्रिकेट विजेतायाँ नामले कार्यक्षेत्र फराकिलो बनायो

काठमाडौं , असोज १२। रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वल्र्ड २०२६’ अन्तर्गतको ‘स्पोट्र्स डे’ विविध खेलकुद प्रतियोगिताहरूसहित सम्पन्न भएको छ । ‘व्हिस्पर’को प्रस्तुति, ‘अर्ना इनर्जी ड्रिंक’ पावार्ड बाइ र ‘निभिया’ सह–प्रायोजक रहेको यस कार्यक्रममा प्रतिस्पर्धीहरूले आफ्नो खेलकौशल र शारीरिक क्षमता प्रदर्शन गरेका थिए ।प्रतियोगितामा क्रिकेट, रनिङ, स्किपिङ, ब्लाइन्ड थ्रो, फुटबल पेनाल्टी र बास्केटबल गरी ६ वटा विधामा रोमाञ्चक प्रतिस्पर्धा गराइएको थियो । स्पोट्र्स डेको मुख्य आकर्षण क्रिकेट म्याचमा प्रतिस्पर्धीहरूलाई ‘लालीगुराँस’ र ‘डाँफे’ गरी दुई टोलीमा विभाजन गरिएको थियो ।

प्रतिस्पर्धीहरूको हौसला बढाउन नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका स्टार खेलाडीहरू बिन्दु रावल, कविता कुँवर, सोनी पाख्रिन, मनिषा उपाध्याय र रिया शर्मासमेत मैदानमा उत्रिएका थिए । प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोली ’डाँफे’ विजेता बन्न सफल भयो। क्रिकेटतर्फ अञ्जु परियार ‘बेस्ट प्लेयर’, नेहा गुप्ता ‘बेस्ट ब्याटर’ र मोनिका तामाङ ‘बेस्ट फिल्डर’ घोषित भए ।त्यस्तै अन्य विधातर्फ रनिङ (दौड) मा सन्ध्या लामा प्रथम, अञ्जु परियार दोस्रो र शिल्पा न्यौपाने तेस्रो स्थान हासिल गर्न सफल रहे। स्किपिङमा प्रियशिखा खड्का तथा ब्लाइन्ड थ्रोमा नेहा गुप्ताले उपाधि चुमे ।यस्तै फुटबल पेनाल्टी सुट र बास्केटबल दुवै विधामा बिन्दु थापा राणाले दोहोरो जित हात पार्दै आफ्नो दबदबा कायम गरिन् ।सुन्दरीहरूले सौन्दर्य र बौद्धिकताका साथै खेलकुदमा पनि आफूलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा