चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने व्यवसायीहरूको प्रतिबद्धता

काठमाडौं , असोज १२। दसैँ, तिहार तथा छठजस्ता मुख्य चाडपर्वका बेला सार्वजनिक सवारीको भाडा नबढाउने यातायात व्यवसायीहरूले घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको हो । सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेसम्म हाल कायम रहेको भाडादरमै यात्रुलाई सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो । बैठकमा बोल्दै अध्यक्ष सिटौलाले चाडपर्वमा अग्रिम टिकट बुकिङ मात्र ठूलो कुरा नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउनु मुख्य चुनौती रहेको बताउनुभयो ।

तथापि, सडकको दयनीय अवस्था र ठाउँ–ठाउँमा भइरहेको अवरोधका कारण यातायात सञ्चालनमा कठिनाइ भए पनि सरकारसँगको समन्वयमा सेवालाई निरन्तरता दिने उहाले जानकारी दिनुभयो ।तर, यातायात क्षेत्रमा हुने विचौलियाको बिगबिगी र जथाभाबी टिकट काट्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा उहाले बताउनुभयो । सवारीसाधनको प्रकार (नर्मल, डिलक्स, सुपर डिलक्स) अनुसार सरकारले तोकेको भाडादर कार्यान्वयन गर्न व्यवसायी प्रतिबद्ध रहेको बताए ।चाडपर्वको समयमा हुने एकतर्फी चापको व्यवस्थापनमा जोड दिँदै सो समयमा मालवाहक सवारीसाधनलाई निश्चित समय रोक्न र सडक मर्मतमा तीव्रता दिन सरकारलाई आग्रह गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौँ, १२ असोज ।  रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्रणाली जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत्

नारायणीको बाढीले बगाएर पुलमा अड्किएको ‘राइनो क्रुज’लाई तीन वटा क्रेनले निकालिँदै

काठमाडौं , १२ असोज। नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई तीन वटा क्रेनको सहायताले निकाल्न थालिएको छ । सकभर क्रुजलाई क्रेन लगाएर

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं , असोज १२। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार

चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने व्यवसायीहरूको प्रतिबद्धता

काठमाडौं , असोज १२। दसैँ, तिहार तथा छठजस्ता मुख्य चाडपर्वका बेला सार्वजनिक सवारीको भाडा नबढाउने यातायात व्यवसायीहरूले घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय

एसएसपी खड्कालाई उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र

काठमान्डौ ,१२ असोज ।राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई हाजिर गराउन भनेर पत्र पठाएको छ। आयोगले सोमबार प्रहरी

बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड आज पनि अवरुद्ध, भोलि अपराह्नसम्म खुल्न सक्ने

काभ्रे , असोज १२ । लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा अवरुद्ध बनेको बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड आज पनि बन्द रहेको छ ।