नारायणीको बाढीले बगाएर पुलमा अड्किएको ‘राइनो क्रुज’लाई तीन वटा क्रेनले निकालिँदै

काठमाडौं , १२ असोज। नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई तीन वटा क्रेनको सहायताले निकाल्न थालिएको छ । सकभर क्रुजलाई क्रेन लगाएर किनारामा लैजाने प्रयास गरिएको प्रशासनले जनाएको छ ।तीनवटा क्रेनको सहायताले तानेर क्रुजलाई गैंडाकोटतर्फको भागमा नै लैजाने प्रयास गरिएको हो । हिजो साँझ नदीमा आएको भीषण बाढीले क्रुजलाई होटल रिभर क्राउन अगाडिबाट बगाएर पुलमा लगेको थियो । पुलको गैडाकोटतर्फको भागको पिलरमा क्रुज अड्किएको थियो ।

तीन तले क्रुज पुलको पिलरमा अड्किदा पुल नै भत्कने सक्ने जोखिम  बढेको थियो ।राइनोज क्रुजसिपलाई रुखमा टुचिन लगाएर बाँधेको तर ठूलो बाढीले टुचिन नै चुडाएको कम्पनीको दाबी छ ।क्रुजसिप राखिएको ठाँउमा दुईबाट रुखहरू आएर अड्किएर ठेल्दा टुचिन चुँडिएका थिए । २० एमएमका दुईवटा टुचिन अर्न्तराष्ट्रिय मापदण्ड अनुसार नै बाँधिएको कम्पनीको दाबी छ ।क्रुजको तौल ७० टनभन्दा बढी छ । तर, तौरिरहेको अवस्थामा तौल निकै कम हुने कम्पनीको भनाइ छ । डेढ बर्ष अगाडि मात्रै क्रुजलाई नारायणी पुलभन्दा माथि ल्याइएको थियो ।क्रुज १०० फिट लम्बाइ र २५ फिट चौडाइको क्रुजमा एकैपटकमा १८० जनासम्म यात्रु अटाउन सक्ने क्षमता थियो । झण्डै १५ करोडको लगानीमा बनेको क्रुज नेपाल कै पहिलो क्रुज हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवारसँग भेट

सर्लाही ,३० कार्तीक। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङ ,३० कार्तीक। बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट सोहि ठाउँ को

छठको बहानामा मधेसमा शीर्ष नेताको दौडधुप : धार्मिक आस्था कि राजनीतिक रणनीति ?

काठमाडौं ,३० कार्तीक। सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुग्नु भएको छ । शनिबार नै तराई झर्नु भएको उहाँ

रारा जाँदै गर्दा दुर्घटनामा परेका घाइतेको सेनाद्वारा उद्धार

मुगु ,३० कार्तीक। मुगुको रारा ताल जाने क्रममा हाइलक्स जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।आइतबार मुगुको छायानाथ

बिरिङ खोला छठ पूजामा विवाद गर्ने युवक स्कुटरसहित नियन्त्रणमा

झापा, ३० कात्तिक । झापाको कन्काई नगरपालिका ८ स्थित बिरिङ खोलामा आयोजित छठ पूजामा विवाद गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।गएराति ११ :

छठ पूजास्थल तोडफोड आरोपमा सुनसरीबाट दुई जना पक्राउ

झापा, ३० कात्तिक । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरुमा