उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं ,१६ असोज। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८२१ सवारीसाधनमाथि कारबाही गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १६ गते बिहान ६ बजेसम्म गरिएको कारबाहीमा मादक पदार्थ सेवन (मा।प।से।), सिसिटिभी, रातो बत्ती उल्लंघन, तीव्र गति, हर्न, लेन अनुशासन, सवारीको अवस्था, एकतर्फी सडक (वन–वे) लगायतका कसुर समावेश छन् ।

कारबाहीको विवरणअनुसार मा।प।से।तर्फ ५३, सिसिटिभीमार्फत ५९, रातो बत्ती उल्लंघनमा ३९, तीव्र गतिमा १०४, हर्नतर्फ १२, लेन अनुशासन उल्लंघनमा ३, सवारीको अवस्था ठीक नभएकोमा ३४ तथा वन–वे उल्लंघनमा ३ वटालाई कारबाही गरिएको छ । अन्यमा ५१० वटा सवारी कारबाही गरिएको कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई ट्राफिक नियमको पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा