मुख्यमन्त्री शाहीको सम्पत्ति विवरण सार्वजनिक : बैंकमा डेढ लाख नगद, १८ लाख ऋण

काठमाडौं , १६ असोज। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  मुख्यमन्त्रीको कार्यालयको वेबसाइटमा अपलोड गरिएको सम्पत्ति विवरणअनुसार उनीसँग सुन र चाँदी १०/१० तोला छ ।सो सुनचाँदीको स्रोतमा उनले पैत्रिक, शिक्षकको तलब, खुद्रा व्यवसाय र पारिश्रमिक भनेर उल्लेख गरेका छन् । यसैगरी उनीसँग बैंकमा मौजदात नगद १ लाख ५५ हजार छ । राष्ट्रिय वाणिज्य बैंक काठमाडौंमा १ लाख ५० हजार र एनएमबी बैंक सुर्खेतमा ५ हजार मौजदात रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।मुख्यमन्त्री शाहीले १८ लाख ऋण रहेको पनि उल्लेख गरेका छन् ।

सो ऋण विभिन्न मितिमा ५ लाख ५० हजार रुपैयाँ तिरिसकेको पनि उनले उल्लेख गरेका छन् ।उनीसँग मुगुका विभिन्न स्थानमा करिब ९३ रोपनी जग्गा पनि छ । उनका अनुसार ती जग्गा धेरैजसो श्रीमती, छोरी र आमाहरुका नाममा छन् । जग्गाहरु साविकका जिमा र श्रीनगर गाविसका विभिन्न वडाहरुमा छन् ।मुख्यमन्त्री शाहीको नाममा भने साविकको जिमा गाविस वडा नम्बर ९ मा कित्ता नम्बर ५१ को ४०२ वर्गमिटर जग्गा मात्र छ ।साथै मुख्यमन्त्री शाहीसँग एउटा सुजुकी स्कुटर र ७ वटा गोरु पनि छन् ।उनले १ लाख १० हजारको एउटा क्यामरा, ९० हजार र ६० हजारका २ थान मोबाइल तथा ९० हजार रुपैयाँको एउटा ल्यापटप पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा