रेस्टुरेन्टको भान्सामै रोबोट : चीनमा एआई शेफले जित्दैछ ग्राहकको मन

एजेन्सी , १६ असोज। कृतिम बुद्धिमता(एआइ) एवम प्रविधि विकासमा चीनले ऐतिहासिक फड्को मारेको छ । यतिबेला चीनका केही शहरमा संचालित रेस्टुरेन्टका भान्सामै रोबोटले सेवा दिन थालेका छन् । दक्षिणपश्चिम चीनको सिचुआनमा रोबोट शेफले ग्राहकको मन जित्दै गएको छ । त्यहाँका रेस्टुरेन्टका रोबोटहरूले मानवीय सहयोगबिना विभिन्न परिकारहरु आफैं तयार गर्ने गरेका छन् । ति रोबोटहरुले परिकारमा सामग्री हाल्ने, चलाउने र मसला थप्ने काम गर्छन्। रेस्टुरेन्टमा रोबोटले बनाएका परिकार निकै स्वादिलो पनि हुने गरेको छ ।‘घरमा पकाएको जस्तै स्वाद छ। स्थानीय मानिसहरूको स्वादअनुसारका परिकारहरु तयार गर्ने गरेका छन्,’ एक व्यवसायीले भने ।

रोबोट कम्पनीका संस्थापकका त्यस्ता रोबोटिक मेसिनहरूलाई एआई क्षमतासहित अपग्रेड गरिएको छ।यसले शेफले खाना पकाउँदा अपनाउने तरिका र प्रक्रियाहरू रेकर्ड गरी त्यसलाई प्लस वा माइनस ०.१ एकाइको शुद्धतासम्म दोहोर्याएर तयार गर्नसक्छ ।चेङ्दु सहरस्थित कुकिङ रोबोट कम्पनीका संस्थापक झेङ हाओतियान भन्छन्,‘नयाँ मोडल अझ बुद्धिमान बनेका छन् । यसले वास्तवमै स्वचालित रूपमा खाना पकाउने काम गर्न सक्छ। एउटा बटन थिचेपछि यसले स्वचालित रूपमा सामग्री थप्छ, खाना पकाउँछ, प्लेटमा सजाउँछ र वोक सफा गर्छ—अर्थात् सुरुदेखि अन्त्यसम्मको सम्पूर्ण प्रक्रियाहरु गर्छ ।’संस्थापकका अनुसार त्यस्ता उत्पादनहरू फास्ट–फुड चेनहरूदेखि साना पारिवारिक तथा स्थानीय पसलहरूसम्म प्रयोग भइरहेका छन्।यस वर्ष कम्पनीले १४ वटा देश तथा क्षेत्रमा ग्राहकहरूलाई ६,००० वटा युनिट सेवा प्रवाह गरिसकेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा