रेस्टुरेन्टको भान्सामै रोबोट : चीनमा एआई शेफले जित्दैछ ग्राहकको मन

एजेन्सी , १६ असोज। कृतिम बुद्धिमता(एआइ) एवम प्रविधि विकासमा चीनले ऐतिहासिक फड्को मारेको छ । यतिबेला चीनका केही शहरमा संचालित रेस्टुरेन्टका भान्सामै रोबोटले सेवा दिन थालेका छन् । दक्षिणपश्चिम चीनको सिचुआनमा रोबोट शेफले ग्राहकको मन जित्दै गएको छ । त्यहाँका रेस्टुरेन्टका रोबोटहरूले मानवीय सहयोगबिना विभिन्न परिकारहरु आफैं तयार गर्ने गरेका छन् । ति रोबोटहरुले परिकारमा सामग्री हाल्ने, चलाउने र मसला थप्ने काम गर्छन्। रेस्टुरेन्टमा रोबोटले बनाएका परिकार निकै स्वादिलो पनि हुने गरेको छ ।‘घरमा पकाएको जस्तै स्वाद छ। स्थानीय मानिसहरूको स्वादअनुसारका परिकारहरु तयार गर्ने गरेका छन्,’ एक व्यवसायीले भने ।

रोबोट कम्पनीका संस्थापकका त्यस्ता रोबोटिक मेसिनहरूलाई एआई क्षमतासहित अपग्रेड गरिएको छ।यसले शेफले खाना पकाउँदा अपनाउने तरिका र प्रक्रियाहरू रेकर्ड गरी त्यसलाई प्लस वा माइनस ०.१ एकाइको शुद्धतासम्म दोहोर्याएर तयार गर्नसक्छ ।चेङ्दु सहरस्थित कुकिङ रोबोट कम्पनीका संस्थापक झेङ हाओतियान भन्छन्,‘नयाँ मोडल अझ बुद्धिमान बनेका छन् । यसले वास्तवमै स्वचालित रूपमा खाना पकाउने काम गर्न सक्छ। एउटा बटन थिचेपछि यसले स्वचालित रूपमा सामग्री थप्छ, खाना पकाउँछ, प्लेटमा सजाउँछ र वोक सफा गर्छ—अर्थात् सुरुदेखि अन्त्यसम्मको सम्पूर्ण प्रक्रियाहरु गर्छ ।’संस्थापकका अनुसार त्यस्ता उत्पादनहरू फास्ट–फुड चेनहरूदेखि साना पारिवारिक तथा स्थानीय पसलहरूसम्म प्रयोग भइरहेका छन्।यस वर्ष कम्पनीले १४ वटा देश तथा क्षेत्रमा ग्राहकहरूलाई ६,००० वटा युनिट सेवा प्रवाह गरिसकेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय