एकता र विपत्का कारण कार्यतालिका तल माथि भयो : गगन थापा

काठमाडौं,१९ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपत्का घटना र पार्टीभित्र बृहत्तर एकताको वातावरण निर्माण गर्ने प्रयासका कारण पार्टीको महाधिवेशन कार्यतालिका प्रभावित भएको बताउनु भएको छ । कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्बोधन गर्दै सभापति थापाले कानुनी जिम्मेवारी पूरा गर्ने क्रममा महाधिवेशनमा आइपुगेको र यसबीचमा आएको विपत्का कारण पार्टीका कार्यक्रमसमेत प्रभावित भएको बताउनु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘विपत्का कारण हाम्रा कार्यक्रमहरू प्रभावित भए । साथै, पार्टीभित्र बृहत्तर एकताको वातावरण बनाउने प्रयासमा पनि हामी लाग्यौँ। सबै साथीहरूलाई एक ठाउँमा ल्याउने क्रममा केही कार्यतालिका तलमाथि हुन पुगे ।’उहाँले पार्टीभित्र बृहत्तर एकताको वातावरण बनाउन आफूले सक्दो प्रयास गरेको उल्लेख गर्दै उपसभापति लगायत पार्टीका अन्य नेताहरू तथा विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले समेत एकताका लागि सहयोग गरेको बताउनु भयो ।पार्टीको विधानले समेत सदस्यता अद्यावधिकलाई आवश्यक बनाएको भन्दै उहाँले महाधिवेशनपछि पनि सदस्यता अद्यावधिकको काम निरन्तर अघि बढाउनुपर्ने बताउनु भयो ।

 

तर पार्टीभित्रको राजनीतिक परिस्थितिका कारण अद्यावधिक नगरेका सदस्यलाई समेत महाधिवेशनमा सहभागी हुने अवसर दिनुपर्ने अवस्था आएको उहाँले बताउनु भयो । त्यसका लागि विशेष राजनीतिक निर्णय गरिएकाले महाधिवेशनको कार्यतालिका प्रभावित भएको थापाको भनाइ छ । उहाँले सदस्यता विवरण समयमै अद्यावधिक भएको भए महाधिवेशनका क्रममा विभिन्न स्थानमा देखिएका विवाद न्यूनीकरण गर्न सकिने बताउनु भयो । सबै सदस्यसँग एनसी आईडी नम्बर भएको भए महाधिवेशन सम्पन्न गर्ने क्रममा उत्पन्न भएका झमेला नहुने उहाँको भनाइ थियो । थापाले पार्टीभित्रको एकताका लागि प्रयास गर्दा सदस्यतासम्बन्धी निर्णयसमेत अन्तिम समयसम्म धकेलिएको र त्यसको प्रत्यक्ष प्रभाव महाधिवेशनको कार्यतालिकामा परेको बताउनु भयो ।

 

महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी रहेको उल्लेख गर्दै थापाले ठूलो संख्यामा प्रतिनिधि अट्ने उपयुक्त स्थानको अभावका कारण बन्दसत्र व्यवस्थापनमा समस्या भएको बताउनु भयो । उहाँका अनुसार काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ । बन्दसत्र भने व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी भए पनि ठूलो संख्यामा प्रतिनिधि अट्ने उपयुक्त स्थान पाउन कठिन भएको उहाँले बताउनु भयो । बन्दसत्रका क्रममा प्रतिनिधिहरूलाई परेको असहजताप्रति थापाले क्षमासमेत माग्नु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निगमको मुख्य समस्या महँगो ब्याज, सरकारबाटै उठ्न बाँकी १३ करोड ७५ लाख

काठमान्डौ,१९ असोज।नेपाल वायुसेवा निगमले महँगो ब्याजदर र ठूलो ऋण दायित्वका कारण वित्तीय संकट झेलिरहेको जनाएको छ। संसद्को अन्तर्राष्ट्रिय सaम्बन्ध तथा पर्यटन समितिको बैठकमा निमित्त महाप्रबन्धक

युवालाई कामदार होइन, उद्यमशीलताका साझेदार बनाउने कांग्रेसको नीति

काठमाडौं ,१९ असोज। नेपाली कांग्रेसले मुलुकको आर्थिक विकासको केन्द्रमा विदेशमा अवसर खोजिरहेको युवालाई राख्दै उनीहरूलाई श्रम बजारका कामदार मात्र नभई उद्यमशीलता र सम्पत्ति सिर्जनाका साझेदार

कांग्रेस उम्मेदवार छनोटमा कडा मापदण्डको प्रस्ताव

काठमाडौं,१९ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड र स्पष्ट कार्यप्रतिबद्धताको

झापा–इलाम सीमामा सुरक्षा निगरानी कडा

झापा,१९ असोज।  जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम सीमावर्ती क्षेत्रमा चोरी–निकासी, तस्करी र राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षा निगरानी बढाएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको

सभापति गगन थापाद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं,१९ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ। काठमाडौंको खुलामञ्चमा जारी

एकता र विपत्का कारण कार्यतालिका तल माथि भयो : गगन थापा

काठमाडौं,१९ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपत्का घटना र पार्टीभित्र बृहत्तर एकताको वातावरण निर्माण गर्ने प्रयासका कारण पार्टीको महाधिवेशन कार्यतालिका प्रभावित भएको बताउनु