बाढी प्रभावितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

काठमाडौं,२१ भदौ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अघिल्लो साता आएको भीषण भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न चाहने साझेदार संघसंस्थाबाट प्रस्ताव आह्वान गरेको छ।प्राधिकरणले आज बुधबार एक सार्वजनिक सूचना जारी गर्दै रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा सहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्ड बमोजिम अस्थायी आवास निर्माणका लागि इच्छुक संस्थाहरूलाई पेस गर्न अनुरोध गरेको हो।

 

अस्थायी आवास निर्माण गर्न चाहने संघसंस्थाले आफ्नो प्रस्तावमा बनाउन खोजेको आवासको कुल सङ्ख्या, प्रस्तावित निर्माण स्थल, सम्बन्धित स्थानीय तहको नाम तथा काम सुरु र सम्पन्न हुने स्पष्ट अनुमानित समयसीमा सहितको कार्ययोजना अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। यसका साथै, यसअघि कुनै पनि विपद् प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणसम्बन्धी सम्झौता वा काम गरेको भए त्यसको विवरणसमेत खुलाउनुपर्ने व्यवस्था गरिएको छ।

 

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार इच्छुक साझेदार संघसंस्थाहरूले सहरी विकास तथा भवन निर्माण विभाग र सम्बन्धित स्थानीय तहहरूसँग आवश्यक समन्वय गरी निर्माण कार्यलाई अघि बढाउनुपर्नेछ। तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरी इच्छुक संस्थाहरूले यो सूचना प्रकाशित भएको सात दिनभित्र सम्पूर्ण विवरणसहित प्राधिकरणमा आफ्नो प्रस्ताव दर्ता गराइसक्नुपर्नेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा