अनुशन्धान जारी

पाँचथरमा अवैध काठसहित दुई ट्रक नियन्त्रणमा

पाँचथर ,२१ असोज । पाँचथरको मिक्लाजुङ गाउँपालिका–६, कन्याटार बजारबाट प्रहरीले अवैध काठ लोड गरिएका दुईवटा ट्रक नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय खान्द्रुङबाट खटिएको टोलीले आइतबार नियमित जाँचका क्रममा काठका गोलिया बोकेर आउँदै गरेका दुईवटा ट्रकलाई रोकेको थियो। आवश्यक इजाजतपत्र छुटपुर्जी नभेटिएपछि प्र.१–०२–००२ ख ०७८८ र प्र.१–०२–००२ ख ०००३ नम्बरका ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिषकुमार कर्णले जानकारी दिनु भयो।

दुवै ट्रकबाट ५–५ सय गरी कुल १ हजार क्युबिक फिट काठ बरामद गरिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका ट्रक र काठलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सबडिभिजन वन कार्यालय रवि, पाँचथरमा बुझाइएको छ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा ५ मा युवामय हुँदै देउवापक्षीय कांग्रेस

वडा तहमा भएको नेतृत्व चयनको परिणामले कांग्रेसभित्र पुस्तान्तरणको बहसलाई थप बल दिएको छ भने संस्थापन इतर समूहको संगठनात्मक सक्रियता पनि चर्चामा आएको छ।

पाँचथरमा अवैध काठसहित दुई ट्रक नियन्त्रणमा

पाँचथर ,२१ असोज । पाँचथरको मिक्लाजुङ गाउँपालिका–६, कन्याटार बजारबाट प्रहरीले अवैध काठ लोड गरिएका दुईवटा ट्रक नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय खान्द्रुङबाट खटिएको टोलीले