बाढीले रसुवागढी आयोजनामा ठूलो क्षति, ऋण तिर्नै सकस

काठमाडौं ,२२ असोज । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा क्षति पु¥याएपछि विद्युत् उत्पादन ठप्प भएको छ । उत्पादन बन्द हुँदा आयोजनाको आम्दानी प्रभावित भएको छ भने कम्पनीको नगद प्रवाह र ऋण सेवा क्षमतामा समेत दबाब पर्न सक्ने देखिएको छ ।रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई दिएको जानकारीअनुसार कम्पनीमा विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन तथा अल्पकालीन गरी करीब १७ अर्ब ७० करोड रुपैयाँ ऋण रहेको छ ।

 

आयोजना पुनः सञ्चालनमा आउन लाग्ने समय लम्बिँदै गएमा नियमित आम्दानी नहुँदा ऋणको ब्याज तथा किस्ता भुक्तानी व्यवस्थापनमा दबाब पर्न सक्ने कम्पनीले जनाएको छ । प्राकृतिक विपत्का कारण विद्युत् उत्पादन बन्द भएको र आयोजना पुनःस्थापनामा समय लाग्ने भएकाले कम्पनीको नगद प्रवाह तथा ऋण सेवा क्षमतामा प्रभाव पर्न सक्ने अवस्था रहेको कम्पनीको भनाइ छ ।वास्तविक वित्तीय प्रभाव तथा ऋण सेवा व्यवस्थापनको अवस्था विस्तृत वित्तीय मूल्याङ्कनपछि मात्रै यकिन हुने बताइएको छ । बाढीबाट भएको भौतिक क्षतिको बीमा दाबी प्रक्रिया भने कम्पनीले अघि बढाएको छ । आयोजना सम्बन्धित भौतिक संरचना, मेसिनरी तथा कर्मचारीको बीमा चालु रहेकाले बीमा कम्पनीलाई औपचारिक जानकारी गराएर दाबी प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ ।

 

बाढीले आयोजनाका बाँधस्थलका बाहिरी संरचना, विद्युत्गृह, साइट कार्यालय, कर्मचारी आवास, सवारीसाधन, हेभी इक्विपमेन्ट, पक्की पुल तथा पहुँचमार्गमा क्षति पु¥याएको छ । भूमिगत विद्युत्गृहमा लेदो भरिएको छ भने इलेक्ट्रोमेकानिकल उपकरण तथा प्रसारण लाइनका तीनओटा टावरमा पूर्ण क्षति पुगेको कम्पनीले जनाएको छ । आयोजनास्थल पुग्ने स्याफ्रुबेँसीदेखि करीब १६ किलोमिटर सडकखण्डका चारओटा पक्की पुल तथा पहुँचमार्गसमेत नष्ट भएका छन् । सडक तथा पहुँचमार्ग पुनर्निर्माण नभएसम्म आयोजनास्थलमा पुगेर पुनःस्थापनाको काम अघि बढाउन कठिन हुने कम्पनीले जनाएको छ । प्राविधिक मूल्याङ्कनपछि मात्रै आयोजना पुनः सञ्चालनमा आउन लाग्ने समय यकिन हुनेछ ।

बीमाबाट पुनर्निर्माण खर्च धानिएला ?

बाढीबाट भएको वास्तविक क्षतिको विस्तृत मूल्याङ्कन भइनसकेकाले पुनर्निर्माणमा लाग्ने खर्च यकिन भएको छैन । भूमिगत विद्युतगृह, इलेक्ट्रोमेकानिकल उपकरण, प्रसारण लाइन, पुल तथा पहुँचमार्गमा भएको क्षतिका कारण पुनःस्थापना लागत उच्च हुन सक्ने देखिएको छ । बीमा दाबीबाट प्राप्त हुने रकम र पुनर्निर्माणमा लाग्ने वास्तविक खर्चबीचको अन्तरले कम्पनीलाई आवश्यक पर्ने थप वित्तीय स्रोत निर्धारण गर्नेछ । त्यसैले अहिले कम्पनीका लागि बीमा दाबीको टुंगो, पुनर्निर्माण लागत र आयोजना सञ्चालनमा फर्किने समय प्रमुख वित्तीय विषय बनेका छन् । यसैबीच बाढीमा आयोजनामा कार्यरत ९२ जना अझै बेपत्ता रहेको कम्पनीले जनाएको छ । खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पर्वतारोही संघका दक्ष पर्वतारोही, इन्जिनियर तथा टनेल विज्ञ परिचालन गरिएको छ । खोजीका क्रममा एक कर्मचारीको शव पहिचान भएको कम्पनीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेसको १५औँ महाधिवेशनमा मतदान शुक्रबार बिहान ७ बजेदेखि मात्रै

काठमाडौँ ,२२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहानदेखि मात्रै शुरू हुने भएको छ। खराब मौसम र

रटेको ज्ञान होइन, सिकाइ मापन गर्ने परीक्षा प्रणाली आवश्यक छ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ ,२२ असोज। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग

२७ वटा डाँकाचोरी मुद्दा लागेका मुख्य योजनाकार सहित ३ जना पक्राउ

काठमाडौं ,२२ असोज । काठमाडौंका विभिन्न स्थानमा महिला तथा सर्वसाधारणलाई लक्षित गरी सिक्री लुटपाट, मोटरसाइकल चोरी तथा डकैतीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ

विधान मिचेर गरिने गतिविधिले कांग्रेस कमजोर हुन्छ : प्रकाशमान सिंह

काठमाडौं,२२ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र प्रक्रिया मिचेर गरिने गतिविधिले कांग्रेसलाई कमजोर बनाउने बताउनु भएको छ। बिहीबार नेपाली कांग्रेस

चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू

काठमान्डौं,२२ असोज । सशस्त्र प्रहरी बल, नेपालले दशैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ। योजनाअन्तर्गत २८ हजार १ सय

माङसेबुङको ऐतिहासिक काम गाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु

माङसेबुङ गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गाउँपालिकाको वडा नम्बर २ बाट बिहीबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको