विधान मिचेर गरिने गतिविधिले कांग्रेस कमजोर हुन्छ : प्रकाशमान सिंह

काठमाडौं,२२ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र प्रक्रिया मिचेर गरिने गतिविधिले कांग्रेसलाई कमजोर बनाउने बताउनु भएको छ। बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै सिंहले पार्टीभित्र अहिले देखिएको विवादलाई विधि र प्रक्रियाअनुसार समाधान गर्नुपर्ने बताउनु भएको छ।सिंहले कांग्रेस पार्टीभित्रै विधिको शासन कायम हुनुपर्ने बताउनु भयो। पार्टीको विधान र नियम मिचेर गरिने गतिविधिको विरोध गर्नुपर्ने उहाँको भनाइ थियो।

 

‘यो पार्टीले चाहिँ के हो भन्दाखेरि पार्टीभित्रै विधिको शासन त हुनुपर्यो नि त। त्यो कारणले गर्दाखेरि अहिले जुन नेपाली कांग्रेसमा यो चाहिँ भनौं न पार्टीभित्र एउटा चाहिँ जुन अप्रजातान्त्रिक तवरले, अलोकतान्त्रिक तवरले पार्टीको विधान, नियम मिचेर जुन जबर्जस्त गरेर र चाहिँ यो चाहिँ के छ भन्दाखेरि देशी–विदेशी तत्त्वहरूको सहयोगमा कांग्रेस पार्टीलाई चाहिँ कमजोर पार्नको लागि किन कमजोर गर्नु पर्यो त भन्दाखेरि नेपाली कांग्रेस पार्टीले सबभन्दा बढी जोड के मा दिन्छ भन्दाखेरि नेपालको यो चाहिँ जुन हाम्रो चाहिँ देश छ, राष्ट्र छ, राष्ट्रियतामा हाम्रो चाहिँ बढी जोड छ,’ उहाँले भन्नु भयो।

 

विशेष महाधिवेशनको विषयमा बोल्दै सिंहले पार्टीको विधानअनुसार प्रक्रिया पूरा नभएको दाबी गर्नु भयो। उहाँले भन्नु भयो,‘अहिलेको विशेष महाधिवेशनमा के भयो भन्दाखेरि केन्द्रीय कार्यसमितिबाट अनुमोदन भएको छ? भएको छैन। के यो चाहिँ विधि, नियम अनुसार त्यो चाहिँ रुजु भएको छ? त्यो पनि भएको छैन। भनेपछि त के हो भन्दाखेरि यो पार्टीको परम्परा र जुन हाम्रो चाहिँ अभ्यास हो, त्यो अभ्यासको ठीक विपरीत यो कांग्रेसको मागमा पनि भएको होइन। यो त कसको माग भन्दाखेरि कोही व्यक्ति विशेषको चाहिँ महत्त्वाकांक्षा र चाहिँ कुनै शक्तिहरूको चाहिँ राष्ट्रियता र प्रजातन्त्रलाई कमजोर गर्ने शक्तिहरूको इन्ट्रेस्टमा कांग्रेस विभाजन गर्नको लागि यो विशेष महाधिवेशन गरेको छ।’

 

उहाँले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित रूपमा १५औँ महाधिवेशन गर्नुपर्ने बताउनु भयो।‘अहिले हामीले यो १४औं महाधिवेशनबाट इलेक्टेड केन्द्रीय कार्यसमिति शेरबहादुर देउवाजीको सभापति र केन्द्रीय कार्यसमितिले नै नियमित तवरले १५औं महाधिवेशन गर्ने, यो कांग्रेसको अभ्यास पनि हो, कांग्रेसको विधानले पनि त्यही भन्छ र परम्परा पनि त्यही हो,’ उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेसको १५औँ महाधिवेशनमा मतदान शुक्रबार बिहान ७ बजेदेखि मात्रै

काठमाडौँ ,२२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहानदेखि मात्रै शुरू हुने भएको छ। खराब मौसम र

रटेको ज्ञान होइन, सिकाइ मापन गर्ने परीक्षा प्रणाली आवश्यक छ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ ,२२ असोज। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग

२७ वटा डाँकाचोरी मुद्दा लागेका मुख्य योजनाकार सहित ३ जना पक्राउ

काठमाडौं ,२२ असोज । काठमाडौंका विभिन्न स्थानमा महिला तथा सर्वसाधारणलाई लक्षित गरी सिक्री लुटपाट, मोटरसाइकल चोरी तथा डकैतीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ

विधान मिचेर गरिने गतिविधिले कांग्रेस कमजोर हुन्छ : प्रकाशमान सिंह

काठमाडौं,२२ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र प्रक्रिया मिचेर गरिने गतिविधिले कांग्रेसलाई कमजोर बनाउने बताउनु भएको छ। बिहीबार नेपाली कांग्रेस

चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू

काठमान्डौं,२२ असोज । सशस्त्र प्रहरी बल, नेपालले दशैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ। योजनाअन्तर्गत २८ हजार १ सय

माङसेबुङको ऐतिहासिक काम गाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु

माङसेबुङ गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गाउँपालिकाको वडा नम्बर २ बाट बिहीबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको