२७ वटा डाँकाचोरी मुद्दा लागेका मुख्य योजनाकार सहित ३ जना पक्राउ

काठमाडौं ,२२ असोज । काठमाडौंका विभिन्न स्थानमा महिला तथा सर्वसाधारणलाई लक्षित गरी सिक्री लुटपाट, मोटरसाइकल चोरी तथा डकैतीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिकाका २६ वर्षीय आयन माझी, मकवानपुर बकैया गाउँपालिका–७ घर भई हाल भक्तपुरको थिमी नगरपालिका–४ बस्ने ३६ वर्षीय मनोजकुमार मोक्तान र मकवानपुर बकैया गाउँपालिका–५ घर भई हाल थिमी नगरपालिका–४ बस्ने २४ वर्षीय राकेश थिङ छन् ।

 

प्रहरीका अनुसार माझी समूहको मुख्य योजनाकार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले लुटपाटका लागि मोटरसाइकल, हतियार, नक्कली नम्बर प्लेट तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन गर्ने गरेको प्रहरीको दाबी छ । मोक्तानले मोटरसाइकल चालक र थिङले मोटरसाइकलको पछाडि बसेर लुटपाटमा सहयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।प्रहरीले माझी समूहले विभिन्न स्थानबाट हालसम्म १५ भन्दा बढी मोटरसाइकल चोरी गरेको अनुसन्धानबाट खुलेको जनाएको छ । लुटपाटका क्रममा प्रयोग गरिएको पल्सर २२० मोटरसाइकल बालकुमारी पुलमुनिबाट लुटिएको समेत अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

 

प्रहरीका अनुसार समूहले लुटपाटका क्रममा नक्कली नम्बर प्लेट प्रयोग गर्ने र घटनापछि तत्काल नम्बर प्लेट परिवर्तन गर्ने गरेको थियो । पक्राउ परेकाहरूको साथबाट दुई थान मोटरसाइकल, विभिन्न नम्बर प्लेट, एक थान खुकुरी तथा घटनामा प्रयोग भएका कपडालगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार समूहले बिहानको समयमा मर्निङ वाकमा निस्किएका, तरकारी बिक्री गर्न जाने तथा एक्लै हिँडिरहेका महिला र वृद्धवृद्धालाई लक्षित गर्ने गरेको थियो। बाटो सोध्ने बहाना बनाएर नजिक पुग्ने र मौका पाउनेबित्तिकै सिक्री तानेर भाग्ने उनीहरूको एउटा शैली रहेको प्रहरीले जनाएको छ ।त्यस्तै, इनड्राइभ तथा पठाओको बहाना बनाउँदै यात्रु खोजेजस्तो गर्ने र मोटरसाइकलमा बस्न खोज्ने व्यक्तिलाई लक्षित गरी सिक्री लुट्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार दुईवटा मोटरसाइकलमा तीन–तीन जना सवार भई एक्लै हिँडिरहेका व्यक्तिलाई घेरा हाल्ने, हतियार देखाउने तथा साथमा रहेका नगद तथा बहुमूल्य सामान लुट्ने गरेको पाइएको छ ।प्रहरीका अनुसार आयन माझी विगतदेखि नै लुटपाट तथा डकैतीका घटनामा संलग्न रहँदै आएका व्यक्ति हुन् । काठमाडौंको बौद्ध, स्वयम्भूलगायत क्षेत्रमा भएका लुटपाटका घटनामा उनी र उनको समूह संलग्न रहेको प्रहरीको दाबी छ ।माझीविरुद्ध काठमाडौं, भक्तपुर तथा काभ्रेलगायतका प्रहरी कार्यालयमा डाँकाचोरीसम्बन्धी २७ वटा मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ ।पक्राउ पर्दै छुट्दै र पुनः अपराधमा संलग्न हुँदै आएका माझीविरुद्ध भक्तपुर, थिमी, बनेपा तथा काठमाडौं परिसरबाट विभिन्न समयमा मुद्दा चलेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार भदौ २४ गतेको जेन–जी आन्दोलनपछि एटीएम तथा बैंकमा भएका लुटपाटका घटनामा पनि माझी समूहको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।त्यसैगरी, पछिल्लो समय भएका दुई घटनालाई आधार बनाएर प्रहरीले समूहको अनुसन्धान अघि बढाएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेसको १५औँ महाधिवेशनमा मतदान शुक्रबार बिहान ७ बजेदेखि मात्रै

काठमाडौँ ,२२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहानदेखि मात्रै शुरू हुने भएको छ। खराब मौसम र

रटेको ज्ञान होइन, सिकाइ मापन गर्ने परीक्षा प्रणाली आवश्यक छ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ ,२२ असोज। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग

२७ वटा डाँकाचोरी मुद्दा लागेका मुख्य योजनाकार सहित ३ जना पक्राउ

काठमाडौं ,२२ असोज । काठमाडौंका विभिन्न स्थानमा महिला तथा सर्वसाधारणलाई लक्षित गरी सिक्री लुटपाट, मोटरसाइकल चोरी तथा डकैतीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ

विधान मिचेर गरिने गतिविधिले कांग्रेस कमजोर हुन्छ : प्रकाशमान सिंह

काठमाडौं,२२ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र प्रक्रिया मिचेर गरिने गतिविधिले कांग्रेसलाई कमजोर बनाउने बताउनु भएको छ। बिहीबार नेपाली कांग्रेस

चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू

काठमान्डौं,२२ असोज । सशस्त्र प्रहरी बल, नेपालले दशैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ। योजनाअन्तर्गत २८ हजार १ सय

माङसेबुङको ऐतिहासिक काम गाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु

माङसेबुङ गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गाउँपालिकाको वडा नम्बर २ बाट बिहीबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको