झापामा सघन रुपमा मिशन जागरण अभियान

दमक ,२३ असोज । नेकपा एमालेले मिशन जागरण अभियान अन्तर्गत झापामा विभिन्न कार्यक्रमहरुलाई तिव्र बनाएको छ । अभियान अन्तर्गत विभिन्न भेला, अन्तरक्रिया, छलफल लगायतका कार्यक्रमहरु भई रहेको एमालेले झापाले जनाएको छ । यसै क्रममा एमालेले अभियान अन्तर्गत झापाको दमकमा क्षेत्रमा रहेका जिल्ला कमिटी सदस्यहरुसँग अन्तरक्रिया सम्पन्न गरेको छ । दमक स्थित एमाले पार्टी कार्यालयमा आयोजीत कार्यक्रममा झापा क्षेत्र नं। ५ मा रहेका जिल्ला कमिटी सदस्य तथा उपल्लो कमिटीका सदस्यहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी समेत रहनु भएका पार्टी केन्द्रिय सदस्य देवेन्द्र दाहालले सुशासनको माग सहित शुरु भएको युवाहरुको आन्दोलनलाई विदेशी शक्तिहरुको प्रभावमा राष्ट्रियता विरोधीशक्तिले कव्जा गरेको बताउनुभयो । सोहि शक्तिले ३५ वर्षमा देशमा पुराना पार्टीहरुले केहि गरेनन् भनेर अल्गोरिदम मार्फत जनतामा भ्रम फैल्याएको उहाँले जनाउनुभयो । त्यस्ता भ्रमलाई चिर्दै एमालेलाई पहिलो र निर्णायक राष्ट्रिय शक्ति बनाउन क्रियाशिल हुन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रम एमाले क्षेत्रीय संयोजक नारायण गौतमको अध्यक्षतामा भएको थियो । कार्यक्रममा एमाले झापाका अध्यक्ष प्रेम गिरीले अभियान अन्तर्गत जिल्लाका सवै स्थानीय तहमा पार्टी परिचालित भएको उहाँले जनाउनुभयो ।
आसन्न स्थानीय तथा प्रदेश तहको निर्वाचनलाई लक्षित गरि सघन रुपमा परिचालित हुन नेताहरुले कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको थियो । कार्यक्रम जेन्जी आन्दोलनका क्रममा ध्वस्त पारिए पछि पुननिर्माण गरिएको पार्टी कार्यालयमा सञ्चालन भएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा सघन रुपमा मिशन जागरण अभियान

दमक ,२३ असोज । नेकपा एमालेले मिशन जागरण अभियान अन्तर्गत झापामा विभिन्न कार्यक्रमहरुलाई तिव्र बनाएको छ । अभियान अन्तर्गत विभिन्न भेला, अन्तरक्रिया, छलफल लगायतका कार्यक्रमहरु

विपन्न, ज्येष्ठ नागरिक र विद्यार्थीलाई थुलुङ डेन्टलको निःशुल्क सेवा

दमक,२३ असोज । आर्थिक अभावका कारण दन्त उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले दमकस्थित थुलुङ डेन्टलले ७० वर्षमाथिका ज्येष्ठ नागरिक, विपन्न व्यक्ति तथा विद्यार्थीलाई निःशुल्क

मतदानको समय बेलुका ७ बजेसम्म थप

काठमाडौं,२३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदानको समय आज शुक्रबार बेलुका ७ बजेसम्मका लागि थप गरिएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनमा मतदान शुक्रबार बिहान ७ बजेदेखि मात्रै

काठमाडौँ ,२२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहानदेखि मात्रै शुरू हुने भएको छ। खराब मौसम र