दसैँका लागि इनरुवा हाटमा खसीबोका किन्नेको भीड

सुनसरी ,२६ असोज। दसैँ नजिकिएसँगै सुनसरीको इनरुवा–३ स्थित सोमबारे हाटमा खसीबोका किन्नेहरूको ठुलो भीड लागेको छ। दसैँको घटस्थापनाको भोलिपल्ट आज सोमबार जिल्लाका विभिन्न पालिकाबाट आएका सर्वसाधारण खसीबोका खरिद गर्न हाट पुगेका हुन्। हाटमा बिक्रीका लागि ल्याइएका साना पाठापाठीको मूल्य दुई–तीन हजार रुपैयाँदेखि ठुला खसीबोकाको मूल्य ५० हजार रुपैयाँसम्म तोकिएको छ। दसैँका लागि आवश्यक खसीबोका खरिद गर्न सर्वसाधारण बिहानैदेखि हाटमा पुग्दा बजारमा निकै चहलपहल बढेको छ।

 

नेपाली समाजमा दसैँका अवसरमा मासु खाने प्रचलन रहेकाले यो समयमा खसीबोकाको माग उच्च हुने गर्छ। दसैँको महाअष्टमी तथा महानवमीका दिन नवदुर्गा भवानीलाई खसीबोकाको बलि चढाउने धार्मिक परम्परासमेत रहेको छ।यही परम्परा र पारिवारिक जमघटका लागि मासुको जोहो गर्न सर्वसाधारण दसैँअघि नै खसीबोका खरिदमा जुटेका हुन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटमा मोटरसाइकल दुर्घटना : ३ जनाको मृत्यु

नुवाकोट,२३ कार्तीक । नुवाकोटको विदुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको छ । सोमबार बिहान विदुर नगरपालिका–९ स्थित खड्कथोकमा मोटरसाइकल सडकबाट

३५ वर्षमा केही भएन भन्ने भाष्य भ्रमपूर्ण छ: महेश बस्नेत

काठमाडौं,२३ कात्तिक । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय केही नयाँ भनिएका राजनीतिक शक्तिहरूले ३५ वर्षमा देशमा केही भएन भन्दै भ्रमपूर्ण भाष्य निर्माण गरिरहेको

आखाँको प्रमुख असर,स्वस्थ राख्ने उपायहरू

मोबाइल तथा डिजिटल स्क्रिनको अत्यधिक प्रयोगले आँखाको समग्र स्वास्थ्यमा प्रत्यक्ष र गम्भीर असर पार्छ। लामो समयसम्म नरोकिकन मोबाइल हेरिरहँदा आँखाको बाहिरी सतहदेखि भित्री मांसपेशी र

एन्टिबायोटिक के हो र यसले कहिले काम गर्छ?

सामान्य रुघाखोकी, ज्वरो वा हल्का घाँटी दुख्नेबित्तिकै नजिकैको फार्मेसी पुगेर एन्टिबायोटिक किनेर खाने चलन नेपाली समाजमा निकै बढ्दो छ। तर, चिकित्सकको उचित जाँच र सिफारिसबिना

श्रीमती र भारतीय प्रेमी मिलेर पतिको हत्या

मोरङ,२३ कार्तीक । विवाहेत्तर प्रेम सम्बन्धबारे थाहा पाएपछि मोरङको जहदामा एक पुरुषको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफ्नै श्रीमती र उहाँका भारतीय

झापाको अर्जुनधारामा आगलागी : ग्वाली नष्ट, एक घाइते

झापा, २३ कात्तिक । झापाको अर्जुनधारामा आगलागी हुँदा ग्वाली जलेर नष्ट भएको छ ।आज बिहान ११ः४० बजे अर्जुनधारा ९ स्थित मगर टोल बस्ने मकरध्वज थापाको

नेपालमा आईटी र एआईको उच्च सम्भावना छ : सन्दीप नेलवाल

काठमाडौं ,२३ कार्तीक। ग्लोबल ब्लकचेन नेटवर्क पोलिगनका सह–संस्थापक सन्दीप नेलवालले नेपालमा सूचना प्रविधि आईटी तथा आर्टिफिसियल इन्टेलिजेन्स एआई क्षेत्रको सम्भावना उच्च रहेको बताँउनु भएको छ।