भौतिक सुरक्षाका लागि खैराङका सामुदायिक विद्यालयमा घेराबारा

भोजपुर,२६ असोज । भोजपुरको हतुवागढी गाउँपालिका–४ खैराङका सबै सामुदायिक विद्यालयमा घेराबारा निर्माण गरिएको छ। विद्यालयको भौतिक सम्पत्तिको संरक्षणसँगै विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले वडा कार्यालयले घेराबारा कार्यक्रम सञ्चालन गरेको हो। वडाभित्र रहेका पञ्चकन्या आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय, चण्डेश्वरी आधारभूत विद्यालय र सिला सुत्केरी आधारभूत विद्यालयमा घेराबारा निर्माणको काम सम्पन्न भएको वडाले जनाएको छ। घेराबारासँगै आवश्यकताअनुसार केही विद्यालयका भौतिक संरचनाको मर्मत तथा सुधार पनि गरिएको छ।

 

वडाध्यक्ष चन्द्रबहादुर विष्टका अनुसार खुला अवस्थामा रहेका विद्यालय परिसरमा पशुचौपाया प्रवेश गर्ने, विद्यार्थीको सुरक्षामा चुनौती देखिने तथा विद्यालयका भौतिक सामग्री संरक्षणमा समस्या हुने गरेको गुनासो आएपछि घेराबारा निर्माणलाई प्राथमिकतामा राखिएको हो।‘विद्यालय सुरक्षित र व्यवस्थित भए मात्र विद्यार्थीका लागि प्रभावकारी सिकाइ वातावरण बन्न सक्छ,’ वडाध्यक्ष विष्टले भन्नु भयो, ‘त्यसैले वडाभित्रका सबै सामुदायिक विद्यालयलाई सुरक्षित बनाउने उद्देश्यले घेराबारा निर्माण गरेका हौँ।’ घेराबारा निर्माणसँगै विद्यालय परिसर व्यवस्थित र सुरक्षित बनेको स्थानीय अभिभावक तथा शिक्षकको भनाइ छ। विद्यालय क्षेत्रभित्र अनावश्यक आवतजावत नियन्त्रण हुनाका साथै पशुचौपायाबाट हुने क्षति रोक्न पनि सहयोग पुगेको स्थानीयवासी गङ्गाबहादुर खड्काले बताउनु भउो। विद्यालय परिसर व्यवस्थित भएपछि विद्यार्थीको नियमित उपस्थितिमा सहजता भएको उहाँले जानकारी दिनु भयो।

 

हतुवागढी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले विद्यालयको आवश्यकता पहिचान गरी शैक्षिक तथा भौतिक सुधारका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताउनु भयो।अध्यक्ष राईले विद्यालयको भौतिक अवस्था सुधारसँगै शिक्षण सिकाइलाई प्रभावकारी बनाउने कार्यक्रमलाई पनि प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिनु भयो। स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक तथा समुदायबीचको सहकार्यबाट सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्ने लक्ष्य राखिएको उहाँले बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा