नेपाल–भारत सीमा क्षेत्रमा दुई फोरलेन सडक बन्ने

काठमाडौं ,२६ असोज। भारत सरकारले नेपाल र पश्चिम बंगालसम्म सीधा पहुँच विस्तार गर्ने उद्देश्यसहित दुईवटा ठूला फोरलेन सडक परियोजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ । केन्द्र सरकारले मुजफ्फरपुर–सोनबरसा र खगडिया–पूर्णिया फोरलेन सडक निर्माणलाई अघि बढाएसँगै नेपाल–भारत सीमावर्ती क्षेत्रका गाउँहरू सिधै आधुनिक सडकसँग जोडिने भएका हुन् ।कुल २२६ किलोमिटर लम्बाइका यी दुई सडक सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गरिनेछन् । हाल टेन्डर प्रक्रिया अगाडि बढिरहेको यी परियोजनाले सीमाञ्जाल तथा मिथिला क्षेत्रको आर्थिक र सामाजिक विकासलाई तीव्रता दिने अपेक्षा गरिएको छ ।

मुजफ्फरपुर–सोनबरसा करिडोर : ९० मिनेटमै नेपाल सीमा पुगिने

नेपालको सीमासम्म द्रुत पहुँच पुर्‍याउन ८३ किलोमिटर लामो मुजफ्फरपुर–सोनबरसा फोरलेन निर्माण गरिन लागेको हो । ३ हजार ५९१ करोड भारतीय रुपैयाँ लागत अनुमान गरिएको यो सडक बनेपछि मुजफ्फरपुरबाट सीतामढी ४० मिनेटमा र नेपाल बोर्डर (सोनबरसा) मात्र ९० मिनेटमा पुग्न सकिनेछ ।यस करिडोरअन्तर्गत ३४० मिटर लामो एक ठूलो पुल, पाँचवटा साना पुल तथा तीनवटा रेलवे ओभरब्रिज निर्माण गरिनेछ । यसबाट सीमावर्ती क्षेत्रका बासिन्दालाई मुजफ्फरपुर र सीतामढीका मुख्य बजारसम्म आवतजावत गर्न तथा स्थानीय उत्पादन ढुवानी गर्न सहज हुनेछ ।

खगडिया–पूर्णिया खण्ड : नेपाल र बंगालतर्फको ढुवानी सहज बन्ने

३ हजार ९३६ करोड भारतीय रुपैयाँ लागतको १४४ किलोमिटर लामो खगडिया–पूर्णिया फोरलेन बनेपछि हाल लाग्दै आएको करिब ६ घण्टाको यात्रा घटेर डेढदेखि दुई घण्टामा सीमित हुनेछ । यसबाट खगडिया, भागलपुर, कटिहार र पूर्णिया क्षेत्रका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।पूर्णियामा ६.७ किलोमिटर लामो ग्रिनफिल्ड बाइपास र लजिस्टिक हब निर्माण गरिने भएकाले सहरमा सवारी चाप कम हुनुका साथै नेपाल तथा पश्चिम बंगालतर्फ जाने मालसामान ढुवानी द्रुत हुनेछ । साथै स्थानीय मकै, जुट लगायतका कृषि उपजले सहज बजार पाउनेछन् ।

धार्मिक पर्यटन र रामजानकी मार्गसँग जडान

यो नयाँ सडक सञ्जाललाई ऐतिहासिक रामजानकी मार्गसँग समेत जोडिनेछ । यसबाट अयोध्यादेखि जनकपुरधामसम्मको यात्रा थप सुगम बन्ने र समग्र क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । भारत सरकारको यस कदमलाई सीमा क्षेत्रमा काम गर्दै आएको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ ले स्वागत गरेको छ । संस्थाका भारततर्फका अध्यक्ष अमरेन्द्र तिवारीले भारत–नेपाल सम्बन्ध सुदृढ बनाउन यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । नेपालतर्फबाट यस संस्थाको नेतृत्व पत्रकार अनिल तिवारीले गर्दै आएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आरुघाट पुलको सन्देशले सांसद श्रेष्ठ विवादमा, फुर्केखोलाको पुलबारे उठ्यो प्रश्न

धादिङ । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित पुल बगाएपछि नयाँ बेलिब्रिज जडानका लागि पहल सुरु भएको छ। तर, पुल पुनःस्थापनाका

मानसिक स्वास्थ्य सम्बन्धी ऐन ल्याउने सरकारको तयारी

काठमाडौं,२६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित, प्रभावकारी र नागरिकको पहुँचमा पुर्याउन सरकारले आवश्यक कानुनी आधार निर्माणलाई प्राथमिकता दिएको

कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ , नैनसिंह महर

काठमाडौं,२६ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनको महामन्त्री पदका उम्मेदवार नेता नैनसिंह महरले पार्टीका नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका

हिरोमा पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते

मुगु ,२६ असोज। सोमबार विहान पहिरोमा पुरिएर गम्भीर घाइते भएका जेसीभी चालकको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार बिहान ९ः४० बजेको समयमा पहिरो खसेपछि

दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,२६ असोज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति–सुरक्षाको अनुभूति गर्नेगरी कार्यसम्पादन गर्न नवनियुक्त प्रहरी अधिकृतहरूलाई निर्देशन दिनु