हिरोमा पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते

मुगु ,२६ असोज। सोमबार विहान पहिरोमा पुरिएर गम्भीर घाइते भएका जेसीभी चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

सोमबार बिहान ९ः४० बजेको समयमा पहिरो खसेपछि जेसीबीको सहायताले पहिरो पन्छाउने कार्य सुरु गरिएको थियो।

पहिरोभित्र च्यापिएका चालकलाई जेसीबीको मद्दतले उद्धार गरी बिहान १०ः३० बजे बा।प्र। ०१००४ क ६४८३ नम्बरको ट्रकमा राखेर प्राथमिक स्वास्थ्य केन्द्र रातापानी लैजाने क्रममा उनको अवस्था निकै चिन्ताजनक रहेको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा मध्याह्न १२ः१० बजे पुर्‍याउनासाथ कार्यरत चिकित्सकले चालक बिमल बागलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कायालय मुगुका डिएसपी रबिराज थपलियाले जानकारी दिएका छन ।

यस्तै घटनामा घाइते भएका सहचालकलाई उपचारका लागि खत्याड गाउँपालिका ५ माझचौरस्थित चन्दनाथ पोलिक्लीनिक पठाइएको थियो । हाल उनको अवस्था सामान्य रहेको र पोलिक्लीनिकमा उपचार भइरहेको छ ।

सडकमा पहिरो पन्छाउने काममा प्रयोग गरिएको जेसीबी भने घटनास्थलमै रहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आरुघाट पुलको सन्देशले सांसद श्रेष्ठ विवादमा, फुर्केखोलाको पुलबारे उठ्यो प्रश्न

धादिङ । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित पुल बगाएपछि नयाँ बेलिब्रिज जडानका लागि पहल सुरु भएको छ। तर, पुल पुनःस्थापनाका

मानसिक स्वास्थ्य सम्बन्धी ऐन ल्याउने सरकारको तयारी

काठमाडौं,२६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित, प्रभावकारी र नागरिकको पहुँचमा पुर्याउन सरकारले आवश्यक कानुनी आधार निर्माणलाई प्राथमिकता दिएको

कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ , नैनसिंह महर

काठमाडौं,२६ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनको महामन्त्री पदका उम्मेदवार नेता नैनसिंह महरले पार्टीका नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका

हिरोमा पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते

मुगु ,२६ असोज। सोमबार विहान पहिरोमा पुरिएर गम्भीर घाइते भएका जेसीभी चालकको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार बिहान ९ः४० बजेको समयमा पहिरो खसेपछि

दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,२६ असोज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति–सुरक्षाको अनुभूति गर्नेगरी कार्यसम्पादन गर्न नवनियुक्त प्रहरी अधिकृतहरूलाई निर्देशन दिनु