आरुघाट पुलको सन्देशले सांसद श्रेष्ठ विवादमा, फुर्केखोलाको पुलबारे उठ्यो प्रश्न

धादिङ । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित पुल बगाएपछि नयाँ बेलिब्रिज जडानका लागि पहल सुरु भएको छ। तर, पुल पुनःस्थापनाका लागि भइरहेको पहलको जानकारी दिँदै भिडियो सन्देश जारी गरेका धादिङका सांसद बोधनारायण श्रेष्ठ सामाजिक सञ्जालमा आलोचित भएका छन्।

सांसद श्रेष्ठले आरुघाट पुलको पुनःस्थापनाका लागि आफूहरूले सक्रिय पहल गरेको बताएपछि धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्केखोलाको पुलबारे प्रश्न उठेको हो। भदौ १० गते बाढीले बगाएको फुर्केखोलाको पुल अझै पुनर्निर्माण हुन नसक्दा स्थानीयले लामो दूरीको कच्ची सडक प्रयोग गर्नुपर्ने बाध्यता छ।

आरुघाटको पुल बगाएपछि सांसद श्रेष्ठले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्थानीय सरकार र विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर काम अघि बढाइएको बताएका थिए। प्राविधिक टोलीले बेलिब्रिज राख्न उपयुक्त हुने बताएपछि हेटौँडाबाट पुलका सामग्री ल्याएर जडान प्रक्रिया सुरु गर्ने तयारी भएको उनको भनाइ थियो।

तर, उनको यही सन्देशपछि सामाजिक सञ्जालमा फुर्केखोलाको पुल निर्माणमा भइरहेको ढिलाइबारे प्रश्न उठ्न थाले। स्थानीयले धादिङका नागरिकको दैनिक आवागमनसँग प्रत्यक्ष जोडिएको फुर्केखोलाको पुललाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताएका छन्।

फुर्केखोलाको पुल नहुँदा अहिले गल्छीको मासटारबाट कच्ची सडक हुँदै धादिङबेँसी पुग्न करिब २८ किलोमिटर यात्रा गर्नुपर्ने अवस्था रहेको छ। यसले स्थानीयको आवागमनसँगै सामान ढुवानी र दैनिक जनजीवनमा समेत समस्या पारेको छ।

यद्यपि, फुर्केखोलामा तत्काल बेलिब्रिज जडान गर्न प्राविधिक कठिनाइ रहेको सडक विभागले जनाएको छ। विभागका प्रवक्ता ई. शुभराम न्यौपानेका अनुसार आवश्यक लम्बाइको बेलिब्रिज मौज्दातमा नभएकाले प्रक्रिया अघि बढाउन समस्या भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका धादिङ जिल्ला सभापति राजन अर्यालले पनि आरुघाटमा करिब ३० मिटर लामो बेलिब्रिज पर्याप्त हुने भए पनि फुर्केखोलामा एक खण्डमा ११४ मिटर र अर्को खण्डमा २२ मिटर लामो पुल आवश्यक पर्ने बताएका छन्। उनका अनुसार आवश्यक लम्बाइको बेलिब्रिज मौज्दातमा नरहेको र प्राविधिक रूपमा तत्काल जडान गर्न कठिन छ।

यसैबीच, सिद्धलेख गाउँपालिकाले फुर्केखोलाको समस्या समाधानका लागि तीनवटा विकल्प अघि सारेको छ। गाउँपालिका अध्यक्ष परशुराम खतिवडाका अनुसार फुर्केखोलामै नयाँ पुल निर्माण गर्ने, घाटबेँसीमा आंशिक रूपमा बगेको पुलमा बेलिब्रिज राख्ने र जहरेमा पुल निर्माण गर्ने विकल्प सुझाइएको छ।

गाउँपालिकाका अनुसार घाटबेँसीमा बेलिब्रिज जडान गर्न सके अहिलेको करिब २८ किलोमिटर कच्ची सडकको दूरी घटेर करिब चार किलोमिटरमा सीमित हुन सक्छ। तर, यसका लागि आवश्यक बजेट सुनिश्चितता र ठेक्का प्रक्रिया अघि बढ्न बाँकी रहेको अध्यक्ष खतिवडाले बताएका छन्।

आरुघाटको पुल पुनःस्थापनाका लागि भइरहेको पहल र फुर्केखोलाको पुल निर्माणमा देखिएको ढिलाइले अहिले धादिङमा सार्वजनिक पूर्वाधारको प्राथमिकता र वैकल्पिक यातायात व्यवस्थाबारे बहस चर्काएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आरुघाट पुलको सन्देशले सांसद श्रेष्ठ विवादमा, फुर्केखोलाको पुलबारे उठ्यो प्रश्न

धादिङ । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित पुल बगाएपछि नयाँ बेलिब्रिज जडानका लागि पहल सुरु भएको छ। तर, पुल पुनःस्थापनाका

मानसिक स्वास्थ्य सम्बन्धी ऐन ल्याउने सरकारको तयारी

काठमाडौं,२६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित, प्रभावकारी र नागरिकको पहुँचमा पुर्याउन सरकारले आवश्यक कानुनी आधार निर्माणलाई प्राथमिकता दिएको

कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ , नैनसिंह महर

काठमाडौं,२६ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनको महामन्त्री पदका उम्मेदवार नेता नैनसिंह महरले पार्टीका नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका

हिरोमा पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते

मुगु ,२६ असोज। सोमबार विहान पहिरोमा पुरिएर गम्भीर घाइते भएका जेसीभी चालकको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार बिहान ९ः४० बजेको समयमा पहिरो खसेपछि

दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,२६ असोज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति–सुरक्षाको अनुभूति गर्नेगरी कार्यसम्पादन गर्न नवनियुक्त प्रहरी अधिकृतहरूलाई निर्देशन दिनु