प्रदेशका अधिकार र साझा रणनीति तय गर्न विराटनगरमा अन्तरप्रदेश सम्मेलन सुरु

विराटनगर,२७ असोज । संघीयता कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान र प्रदेशका संवैधानिक अधिकार सुनिश्चित गर्न साझा रणनीति बनाउने उद्देश्यले विराटनगरमा अन्तरप्रदेश समन्वय तथा अनुभव आदानप्रदान सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घाटन सहभागी मुख्यमन्त्रीहरूले सामूहिक रूपमा गर्नु भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा मंगलबारदेखि सुरु भएको दुईदिने सम्मेलनमा प्रदेशहरूले भोगिरहेका प्रशासनिक जटिलता, वित्तीय संघीयता, संघ र प्रदेशबीच अधिकारको बाँडफाँट तथा प्रदेशका संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन लगायत विषयमा छलफल हुनेछ।सम्मेलनमा प्रदेशहरूका साझा समस्या पहिचान गरी समाधानका उपाय खोज्ने, एकअर्काका सफल अभ्यास आदानप्रदान गर्ने र संघीय सरकारसँग प्रदेशका अधिकार तथा स्रोतसाधनका विषयमा सामूहिक धारणा बनाउने तयारी छ।

सम्मेलनमा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापामगर, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही सहित प्रदेशका प्रतिनिधिहरू सहभागी हुनुन्छ। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टको सहभागिता भने बजेटसम्बन्धी विवादका कारण अनिश्चित रहेको आयोजकले जनाएको छ। उहाँको सट्टा प्रदेशका प्रमुख सचिव सम्मेलनमा सहभागी हुन विराटनगर आँउनु भएको हो।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयका अनुसार सुदूरपश्चिममा बजेटसम्बन्धी विवाद समाधान भए मुख्यमन्त्री भट्ट मंगलबार बेलुकासम्म विराटनगर आइपुग्ने सम्भावना छ। मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले यसबारे जानकारी दिनु भएको हो।

सम्मेलनमा प्रत्येक प्रदेशबाट मुख्यमन्त्री, प्रमुख सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्ता सहितको टोली सहभागी हुने जनाइएको छ।संविधानले प्रदेशलाई दिएको अधिकारको प्रभावकारी कार्यान्वयन, आर्थिक स्रोतको न्यायोचित बाँडफाँट र प्रदेश सरकारको स्वायत्ततासँग सम्बन्धित विषय सम्मेलनका प्रमुख कार्यसूचीमा छन्। त्यस्तै, प्रदेशहरूले निर्माण गर्ने कानुनमा एकरूपता कायम गर्ने, अन्तरप्रदेश समन्वय बढाउने र एकअर्काका सफल अभ्यासबाट सिक्ने विषयमा पनि छलफल हुनेछ। प्रदेश सरकारहरूले लामो समयदेखि उठाउँदै आएका अधिकारसम्बन्धी सवाललाई साझा एजेन्डा बनाएर संघीय सरकारको ध्यानाकर्षण गराउने सम्मेलनको तयारी छ। प्रदेशहरूले छुट्टाछुट्टै रूपमा उठाउँदै आएका मागलाई एकीकृत गरी सामूहिक धारणा सार्वजनिक गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

 

मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार लुइँटेलका अनुसार सम्मेलनको औपचारिक छलफलपछि ‘विराटनगर घोषणापत्र’ जारी गरिनेछ। घोषणापत्रमा प्रदेश सरकारका साझा माग, प्रतिबद्धता र संघीयतालाई प्रभावकारी बनाउने विषय समेटिनेछ।दुई दिनसम्म चल्ने सम्मेलनबाट प्रदेशका संवैधानिक अधिकार, वित्तीय स्रोतको बाँडफाँट र संघ–प्रदेश समन्वयका विषयमा साझा निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ। सम्मेलनले तय गर्ने साझा धारणा र रणनीतिले संघीयता कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारहरूबीचको सहकार्यलाई थप स्पष्ट पार्ने आयोजकको विश्वास छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल