कांग्रेस महाधिवेशन

कांग्रेस जनसम्पर्क समितिमा ७ केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ ,२७ असोज । नेपाली कांग्रेसका जनसम्पर्क समितिका ७ केन्द्रीय सदस्य निर्वाचित हुनु भएको छ।निर्वाचन समितिका अनुसार जनसम्पर्क समितितर्फका दुई महिला केन्द्रीय सदस्यमा सीता सापकोटा घिमिरे र चन्द्रा अधिकारी निर्वाचित हुनु भएको छ। घिमिरेले ३ हजार ११३ मत र अधिकारीले २ हजार ८९६ मत प्राप्त गर्नु भएको छ । यो कलस्टरमा ५ उम्मेदवार हुनुन्थ्यो ।

जनसम्पर्क समिति अन्तर्गतको युरोप क्षेत्र केन्द्रीय सदस्यमा जितेन्द्रविक्रम शाही निर्वाचित हुनु भएको छ । उहाँले १ हजार ४१२ मत प्राप्त गर्नु भएको छ । यस कलस्टरमा ८ उम्मेदवार हुनुन्थ्यो ।जनसम्पर्क समिति अन्तर्गतको ओसियाना–अमेरिका क्षेत्रको केन्द्रीय सदस्यमा सिए. विद्या भूषण कार्की निर्वाचित हुनु भएको छ । कार्कीले १ हजार ९५१ मत प्रापत गर्नु भएको छ। यस कलस्टरमा ४ उम्मेदवार हुनुन्थ्यो।मध्यपूर्व क्षेत्रमा पुरुषोत्तम खनाल निर्वाचित हुनु भएको छ । उहाँले २ हजार ९४ मत प्राप्त गर्नु भएको छ। यस कलस्टरमा ४ उम्मेदवार हुनुन्थ्यो ।

 

प्यासिफिक क्षेत्रमा डा. बलराम श्रेष्ठ केन्द्रीय सदस्य निर्वाचित हुनु भएको छ। उहाँले १ हजार ९२० मत प्राप्त गर्नु भएको छ । ७ उम्मेदवार थिए । भारतबाट बालकृष्ण पाण्डे केन्द्रीय सदस्य निर्वाचित हुनु भएको छ । उहाँले ३ हजार ८२७ मत प्राप्त गर्नु भएको छ । यहाँ २ उम्मेदवार हुनुन्थ्यो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल

राष्ट्रिय भेलाको तयारीमा जुट्यो एमाले

काठमाडौं,२७ असोज। नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक