‘नगरको शैक्षिक क्षेत्रको रानो’

प्रअ बुढाथोकीको भव्य बिदाइ, घरसम्म मोटरसाइकल र्‍याली

पञ्चायत नमुना विद्यालयबाट ‘बिग स्कुल’को यात्रामा

पथरी, २८ असोज / बिदाई भन्ने वित्तिकै मन कुँढिन्छ । त्यसमा पनि ३४ वर्षदेखि एउटै विद्यालयमा रहेर सेवा गरेका अगुवा शिक्षकको बिदाइले अझ बढी भावनात्मक सम्बन्धको प्रगाढपन प्रस्तुत गर्दछ ।
त्यस्तै भयो मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको बिदाइ कार्यक्रम । विद्यालय परिवारले उहाँको उच्च सम्मान गर्दै बिदाईमा मोटरसाइकल र्‍यालीनै निकालेर उहाँलाई घरसम्म पुर्‍याइएको दृष्यले विद्यालयको उन्नतिमा अथक योगदान दिँदाको प्रतिफल झल्किन्थ्यो ।

 


विद्यालयको शैक्षिक, भौतिक, आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका बुढाथोकीको दीर्घ शैक्षिक यात्राको स्मरण गर्दै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघको अगुवाईमा शिक्षक, कर्मचारी र विद्यार्थीहरुबाट अगाध सम्मान व्यक्त भयो ।
विद्यालयले आयोजना गरेको बिदाइ तथा शुभकामना कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले बुढाथोकीको शैक्षिक र सामाजिक योगदानको चर्चा गर्दै भन्नुभयो ‘उहाँ शैक्षिक गतिविधिमा यस क्षेत्रको रानो हो ।’

कार्यक्रममा बोल्दै सो विद्यालयका व्यवस्थापन समिति पूर्व अध्यक्ष युवराज बास्कोटा यज्ञले विद्यालयलाई सबै हिसाबले नमुना बनाएर अब बिग स्कुलको यात्रामा लान बुढाथोकीको ज्यादै महत्वपूर्ण देन रहेको चर्चा गर्नुभयो । उहाँले प्रविधिको उपोग गरेर विद्यार्थीलाई आकर्षित बनाउँदै पठनपाठनमा सामेल गराउनु भयो । अर्कातर्फ, सिकाइलाई कक्षा कोठामा मात्र सिमित नराखी
गुणस्तरीय शिक्षा र भौतिक व्यवस्थापनका हिसाबले उत्कृष्ट विद्यालय बनाउने हुटहुटी पालेर आफ्‌नो नेतृत्वमा सो विद्यालयलाई अन्ततः ‘नमुना विद्यालय’ बनाई पालिका, जिल्ला, प्रदेश हुँदै देशमै चिनाउन उहाँ सफल बन्नुभयो । २०७५ सालमा नमुना विद्यालय वन्यो । शिक्षण कुशलतासँगै दूरदर्शी व्यवस्थापकीय क्षमताका धनी उहाँ विद्यालयको सहायक प्रधानाध्यापकको जिम्मेवारीको बेलामा पथरी बहुमुखी क्याम्पस स्थापनामा महत्वपूर्ण योगदान दिनुभयो । २०६४ भदौ २९ गते क्याम्पसको पहिलो प्रमुख समेत बनेर यस क्षेत्रको शैक्षिक उन्नयनमा ऐतिहासिक महत्वपूर्ण भूमिका निर्वाह गर्दै शैक्षिक अगुवा र सामाजिक अभियन्ताका रूपमा उहाँलाई सम्मान गरिएको छ । जसका ससाना विद्यार्थीहरुले समेत माला र फूलका गुच्छा बनाएर बुढाथोकीलाई प्रदान गर्दै उहाँको समीपले आफूहरुमा उर्जा थपिएको अवस्थाको स्मरण गरेका थिए । शिक्षक, कर्मचारीहरु पनि उहाँको अवकासले आफूहरुलाई बलियो अभिभावकको साथ छोड्नु परेकोमा दुखी बन्दै बिदाई कार्यक्रममा सामेल भएका थिए ।


सिभिल इन्जिनियरिङतर्फको प्राविधिक धार र विज्ञान विषयले कोशी प्रदेशकै उत्कृष्ठ बनेको छ । प्रदेशको बौद्धिक अपाङ्गताको कक्षा सञ्चालन छ र त्यसको आवासीय व्यवस्थापन अघि बढेको छ । विद्यालयमा विज्ञान, शिक्षा, मानविकी, कानुन, ललितकला, सिभिल इन्जिनियरिङ, पत्रकारिता विषयमा पठनपाठन गरी विद्यार्थीलाई प्रभाव पार्न सफल भएको छ । जहाँ ३ हजार विद्यार्थी संख्या पुगेको छ । यसक्रममा होटल मेनेजमेन्टको कक्षा पनि स्वीकृत भएको छ । यी सबै कामको प्रमुख श्रेय प्रधानाध्यापक बुढाथोकीलाई जाने शिक्षक उपेन्द्र बस्नेतको बेलिविस्तार थियो ।

कार्यक्रममा पथरी शनिश्चरे–१ का वडाध्यक्ष भीमकुमार राई, नगरपालिकाका शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, संविधानसभा सदस्य एवम् पूर्व प्रधानाध्यापक चण्डीप्रसाद राई, विद्यालयका निमित्त प्रधानाध्यापक टीकाप्रसाद घिमिरे, नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्वरबहादुर राईलगायतले प्रधानाध्यापक बुढाथोकीले पुर्याएको विशिष्ट योगदानको चर्चा गर्नु भएको थियो । सामुदायिक विद्यालयहरू निकै संकटमा गुज्रिरहेको र कतिपय एकीकरण गरिएको अवस्थामा सामान्य अवस्थामा चलेको पञ्चायतलाई आफ्‌नो सक्रियता, प्रभावले स्थानीयसँगको समन्वयमा विभिन्न योजनाहरु अघि सार्दै संघीय सरकारसम्ममा महत्वपूर्ण योजनाहरु प्राप्त गरी शैक्षिक र भौतिक तबरबाट विद्यालयलाई नमुना बनाउन उहाँको अगुवाई रहेको स्मरण भयो । उहाँको चातुर्यपूर्ण कुशल व्यवस्थापकीय क्षमताले विद्यालयले उचाइ लिएकोप्रति सबैले प्रसंसा गरे ।


बिदाइको आत्मिय क्षणले प्रधानाध्यापक बुढाथोकीमा भावुकता छचल्किदै थियो । स्थानीयबासी समेत मिलेर घरसम्म र्याली गरेर भित्र्याइएको प्रशंगमा आफूभित्रबाट बाहिर प्रकट हुन लागेको खुसीका आँशुलाई सम्हाल्दै जीवनमा यसखाले ऐतिहासिक क्षण प्राप्त गरेकोप्रति सबैमा धन्यवाद र आभार व्यक्त गर्नुभयो । विद्यालयमा थालिएका केही कामहरु अधुरा रहेको प्रसंग सुनाउँदै आफूले कानुनी रुपमा अवकास लिनु परेको भएपनि सदैव विद्यालयको उन्नतिमा निरन्तर सहयोग पुर्याइरहने भावना व्यक्त गर्नुभयो । ‘दरबन्दीमा भन्दा निजी स्रोतमा बढी शिक्षक कर्मचारी राखेर भएपनि अंग्रेजी माध्यममा समेत पठनपाठन गराएर विद्यालयलाई नमुना बनाउने काममा सबैको सहकार्य रह्यो ।’ उहाँले भन्नुभयो ‘यो स्तरलाई थाम्दै अझ बिग स्कुलको अवधारणामा उक्लिनका लागि स्थायी आन्तरिक आम्दामी व्यवस्थापन गर्न सक्नु पर्यो या त दरबन्दी परिपूर्तिका कुरामा सबैले आवाज उठाउनु पर्यो ।’नगरकोे शैक्षिक तथा सामाजिक संघ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएका उहाँलाई नेपाल राष्ट्रिय शिक्षक संगठन, पञ्चायत मावि भूतपूर्व विद्यार्थी समाजसहितका संघ संस्थाले पनि आफ्‌नो क्षेत्रको अभिभावक र प्रमुख अभियन्ताको रूपमा सम्मान गरेका छन् ।


३४ वर्ष लामो शैक्षिक यात्रामा समर्पित बुढाथोकी :
वि.सं. २०२३ साल असोज १७ गते झापाको मेचीनगरस्थित धुलाबारीमा जन्मिनु भएका उहाँ मेधावी छात्रका रूपमा पठनपाठनमा सक्रिय बन्नु भयो । २०३६ सालमा स्थापित सो विद्यालयमा विसं २०४९ फागुन १९ गते निजी स्रोतका नेपाली शिक्षकका रूपमा अध्यापन यात्रा सुरु गर्नुभएका पथरी शनिश्चरे १ निवासी बुढाथोकीले शिक्षण पेसाप्रतिको निरन्तर समर्पण र अनुभवका आधारमा २०५२ मा स्थायी करार सेवामा प्रवेश पाउनु भयो ।
त्यसपछि विसं २०६० चैत २९ माध्यमिक तहको नेपाली विषय शिक्षकका रूपमा स्थायी नियुक्ति प्राप्त गर्नुभयो । विद्यालयमा लामो समय सहायक प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएका नेपाली विषयमा एमएड बुढाथोकीले विसं २०७० असोज १५ गतेदेखि प्रधानाध्यापकको नेतृत्व सम्हाल्नुभएको थियो ।
प्रधानाध्यापकका रूपमा उहाँले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास, शैक्षिक कार्यक्रम विस्तार तथा विद्यालयको संस्थागत उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह उमेर हदका कारण २०८३ असोज १७ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल