१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट छुट्याएको छ। सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढिरहेका बेला शैक्षिक वातावरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले सरकारले ठूला विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विकासको योजना अघि बढाएको हो।

 

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ। उक्त रकमबाट विद्यालयमा १२ कोठे तीनतले भवन निर्माण गरिनेछ।प्रति विद्यालय करिब ६ करोड रुपैयाँ लागत अनुमान गरिएका भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिने मन्त्री पोखरेलले बताउनु भएको छ। यसबाट विद्यार्थीलाई सुरक्षित र गुणस्तरीय सिकाइ वातावरण उपलब्ध गराउन सहयोग पुग्ने उहाँको भनाइ छ।

 

मन्त्री पोखरेलले केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढिरहेको र केही विद्यालयमा विद्यार्थी अभाव रहेको अवस्थालाई ध्यानमा राखेर पूर्वाधार सुधारको काम अघि बढाइएको बताउनु भयो।‘कतिपय सामुदायिक विद्यालयहरूमा विद्यार्थीको उच्च चाप हुनु खुसीको विषय हो भने केही विद्यालयहरू विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौँ। विद्यालयहरूबीचको यो असमानतालाई चिर्न हामीले अहिले ठूला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरेका हौँ,’ उहाँले भन्नु भयो।

 

उहाँले आगामी दिनमा सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारलाई समान रूपमा सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ। सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्न शिक्षक, अभिभावक र विद्यार्थी सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको रूपान्तरणमा हातेमालो गर्न आह्वान गर्नु भएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटमा मोटरसाइकल दुर्घटना : ३ जनाको मृत्यु

नुवाकोट,२३ कार्तीक । नुवाकोटको विदुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको छ । सोमबार बिहान विदुर नगरपालिका–९ स्थित खड्कथोकमा मोटरसाइकल सडकबाट

३५ वर्षमा केही भएन भन्ने भाष्य भ्रमपूर्ण छ: महेश बस्नेत

काठमाडौं,२३ कात्तिक । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय केही नयाँ भनिएका राजनीतिक शक्तिहरूले ३५ वर्षमा देशमा केही भएन भन्दै भ्रमपूर्ण भाष्य निर्माण गरिरहेको

आखाँको प्रमुख असर,स्वस्थ राख्ने उपायहरू

मोबाइल तथा डिजिटल स्क्रिनको अत्यधिक प्रयोगले आँखाको समग्र स्वास्थ्यमा प्रत्यक्ष र गम्भीर असर पार्छ। लामो समयसम्म नरोकिकन मोबाइल हेरिरहँदा आँखाको बाहिरी सतहदेखि भित्री मांसपेशी र

एन्टिबायोटिक के हो र यसले कहिले काम गर्छ?

सामान्य रुघाखोकी, ज्वरो वा हल्का घाँटी दुख्नेबित्तिकै नजिकैको फार्मेसी पुगेर एन्टिबायोटिक किनेर खाने चलन नेपाली समाजमा निकै बढ्दो छ। तर, चिकित्सकको उचित जाँच र सिफारिसबिना

श्रीमती र भारतीय प्रेमी मिलेर पतिको हत्या

मोरङ,२३ कार्तीक । विवाहेत्तर प्रेम सम्बन्धबारे थाहा पाएपछि मोरङको जहदामा एक पुरुषको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफ्नै श्रीमती र उहाँका भारतीय

झापाको अर्जुनधारामा आगलागी : ग्वाली नष्ट, एक घाइते

झापा, २३ कात्तिक । झापाको अर्जुनधारामा आगलागी हुँदा ग्वाली जलेर नष्ट भएको छ ।आज बिहान ११ः४० बजे अर्जुनधारा ९ स्थित मगर टोल बस्ने मकरध्वज थापाको

नेपालमा आईटी र एआईको उच्च सम्भावना छ : सन्दीप नेलवाल

काठमाडौं ,२३ कार्तीक। ग्लोबल ब्लकचेन नेटवर्क पोलिगनका सह–संस्थापक सन्दीप नेलवालले नेपालमा सूचना प्रविधि आईटी तथा आर्टिफिसियल इन्टेलिजेन्स एआई क्षेत्रको सम्भावना उच्च रहेको बताँउनु भएको छ।