सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार देवानगन्ज–४ स्थित मेहता टोलबाट ५१ किलो र वडा नम्बर ६ को रासी–साहेवगन्ज भित्री सडकखण्डबाट ६ किलो गाँजा बरामद गरिएको हो।

 

इलाका प्रहरी कार्यालय देवानगन्ज र प्रहरी चौकी कप्तानगन्जको संयुक्त टोलीले मंगलबार राति साढे ८ बजे मेहता टोलमा चेकजाँच थालेको थियो। सो क्रममा भारततर्फ जाँदै गरेको बीआर ५० एएच १९१३ नम्बरको भारतीय मोटरसाइकल रोक्न खोज्दा चालक सवारी छाडेर भागेका थिए। उक्त मोटरसाइकल जाँच गर्दा कालो प्लास्टिकमा बेरेर राखिएको ५१ किलो गाँजा फेला परेको थियो।

 

त्यसको १५ मिनेटपछि देवानगन्ज–६ स्थित रासी–साहेवगन्ज सडकखण्डमा गस्तीमा रहेको प्रहरी टोलीलाई देखेर नम्बर नखुलेको अर्को मोटरसाइकलमा सवार व्यक्ति पहेँलो झोला फालेर फरार भएका थिए। प्रहरीले सो झोलाबाट ६ किलो गाँजा बरामद गरेको छ।बरामद गाँजा र भारतीय नम्बरको मोटरसाइकल इलाका प्रहरी कार्यालय देवानगन्जमा राखेर अनुसन्धान अघि बढाइएको छ। फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल