कोसी कटानमा दुर्गा मूर्ति विसर्जनसँगै दशैं सम्पन्न

इनरुवा ,९ कार्तीक। सुनसरी सदरमुकाम इनरुवा–२ स्थित बिहीबारे हाटमा रहेको दुर्गा मन्दिरमा बिजया दशमीको अवसरमा निर्माण गरिएको माटोको कालात्मक दुर्गा भवानीसहित अन्य देवीदेवताको मुर्ति बिसर्जन गरिएको छ ।धार्मिक अनुष्ठानका लागि स्थापना गरिएको देवी दुर्गासहित अन्य देवी–देवताका मुर्तिको विधिपूर्वक विसर्जन गरिएको स्थानीय वादल साहले जानकारी दिनु भयो ।

 

हिन्दू परम्परा अनुसार विजया दशमीको समापनपश्चात् कोजाग्रत पूर्णिमाका दिन विशेष पूजाआराधना र सांस्कृतिक कार्यक्रमसहित बिहीबारे हाटमा राखिएका मुर्तिलाई कोसी गाउँपालिका–४ स्थित कोसी कटानमा लगेर विसर्जन गरिएको उहाँले बताउनु भयो । विसर्जनका क्रममा ठूलो संख्यामा भक्तजनको सहभागिता थियो ।भक्तजनहरूले बाजागाजा, नाचगान र धार्मिक भजनका साथ हर्षोल्लासपूर्वक मुर्तिलाई जलासयसम्म पुर्याएका थिए । मुर्ति विसर्जन गरेसँगै यस वर्षको दशैंको औपचारिक धार्मिक कार्यक्रम सम्पन्न भएका छन् । स्थानीय आयोजक समितिले शान्तिपूर्ण र व्यवस्थित रूपमा मसर्ति विसर्जन कार्य सम्पन्न भएको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धानबाली जोगाउन किसान चिन्तित, सुरक्षाकर्मीको गस्ती तीव्र

झापा, ९ कात्तिक । झापामा धान पाक्ने समय नजिकिएसँगै किसानमा जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ। खेतबारीमा लगाएको धान जोगाउन रातभर जाग्राम बस्नुपर्ने अवस्थाका

उपचार कक्षबाट राजनीतिसम्मः डा. योसिका भट्टराई

विराटनगर,९ कार्तीक । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र नेतृत्वबारे बहस भइरहेका बेला नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट कोशी प्रदेशतर्फ युवा महिला केन्द्रीय सदस्यमा

८ शहरमा फ्लडलाइटसहित रंगशाला बनाउने मन्त्रालयको तयारी

काठमाडौं ,९ कार्तीक। पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले नेपाल

कोसी कटानमा दुर्गा मूर्ति विसर्जनसँगै दशैं सम्पन्न

इनरुवा ,९ कार्तीक। सुनसरी सदरमुकाम इनरुवा–२ स्थित बिहीबारे हाटमा रहेको दुर्गा मन्दिरमा बिजया दशमीको अवसरमा निर्माण गरिएको माटोको कालात्मक दुर्गा भवानीसहित अन्य देवीदेवताको मुर्ति बिसर्जन

कुनै बेलाका शिक्षक र विद्यार्थी झन्डै तीन दशक पछि एउटै मञ्चमा

सुर्खेत,९ कार्तीक । हुम्लाको अदानचुली गाउँपालिका–३, श्रीनगरस्थित सूर्योदय माध्यमिक विद्यालयमा एउटा रोचक संयोग देखिएको छ । कुनै समय कक्षा कोठामा शिक्षक र विद्यार्थीका रूपमा रहनु

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ११५ डलर नजिक

काठमाडौं ,९ कार्तीक । पश्चिम एसिया (मध्यपूर्व) मा चर्किएको भूराजनीतिक तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र गतिमा उकालो लागेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा