नदी नियन्त्रणमा पहिलो त्रैमासिक प्रगति : भौतिक उपलब्धि ३५ प्रतिशत, बजेट खर्च २३ प्रतिशत मात्रै

काठमाडौं , कार्तिक १७। नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनका कार्यक्रमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४.९ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन् । तर, सोही अवधिमा विनियोजित त्रैमासिक बजेटको २३.४ प्रतिशत मात्रै खर्च भएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षमा नदी नियन्त्रणसम्बन्धी कार्यक्रमका लागि ५ अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पहिलो त्रैमासका लागि छुट्याइएको ६२ करोड ७४ लाख रुपैयाँमध्ये १४ करोड ७० लाख रुपैयाँ खर्च भएको हो ।

महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार पहिलो त्रैमासमा २.९ किलोमिटर तटबन्ध निर्माण र १ हेक्टर जग्गा उकास गरिएको छ । समग्रमा त्रैमासिक लक्ष्यको तुलनामा ३४.९ प्रतिशत भारित भौतिक प्रगति भएको उनले बताए ।केही आयोजनाले भने निर्धारित त्रैमासिक लक्ष्यभन्दा बढी प्रगति गरेका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरले लक्ष्यको १६०.८ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । त्यस्तै, टार–बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत प्रगति गरेको छ । यसैगरी लमही (दाङ) ले ८६.५ प्रतिशत, कञ्चनपुरले ८२.५ प्रतिशत र जनकपुर (धनुषा) ले ८२.३ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दाङका सामुदायिक वन तथा झाडीमा लुकाइएका १४ नाल अवैध भरुवा बन्दुक बरामद

दाङ , कार्तिक १७। दाङका विभिन्न सामुदायिक वन तथा जंगलका झाडीमा लुकाइछिपाइ राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी

बेपत्ताको हकमा स्वघोषणाबाटै मृत्यु दाबी भुक्तानी गर्न जीवन बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन

काठमाडौँ , कार्तिक १७। नेपाल बीमा प्राधिकरणले रसुवा बाढीमा प्रभावित क्षेत्रका बीमितको बीमा दाबी भुक्तानी प्रक्रिया सहज बनाउन जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

हुम्लामा अत्यधिक चिसो : खुला चौरमै पठनपाठन

हुम्ला,१७ कार्तीक । हिमाली जिल्ला हुम्लामा यतिबेला चिसो बढ्दै गएपछि सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पठनपाठन गर्दै आएका छन्

फेसबुकको मित्रताले भारतको बन्धकसम्म पुर्‍यायो : अभिभावकको बेवास्ताले बालबालिका बेचबिखनको जोखिममा

काठमाडौँ , कार्तिक १७। आमाबुबाबीचको झैझगडाबाट उनी दिक्क थिइन् । परिवारको माया र ममताको अभावले निराश भएकी उनी प्रेम र आत्मीयता पाउन साथी खोज्न थालिन्

‘समस्या कानुनको अभाव होइन, कार्यान्वयन नगर्ने राज्यको नियत हो’ : वरिष्ठ पत्रकार दाहाल

काठमाडौं , कार्तिक १७। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवम वरिष्ठ पत्रकार तारानाथ दाहालले पत्रकारमाथि हुने हिंसा, धरपकड, गिरफ्तारी र दमनका घटनामा राज्यका निकाय जवाफदेही हुन

बुढानीलकण्ठमा अतिक्रमित संरचना हटाउन अल्टिमेटम

काठमाडौं,१७ कार्तीक। प्रसिद्ध धार्मिक तथा ऐतिहासिक बुढानीलकण्ठ मन्दिर क्षेत्र आसपास सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन सम्बन्धित निकायले निर्देशन दिएको छ। तोकिएको समयभित्र संरचना

बाढी, पहिरो र निर्माण कार्यले देशका मुख्य राजमार्ग प्रभावित : कतै एकतर्फी, कतै पूर्ण अवरुद्ध

काठमाडौं , कार्तिक १७। बाढी, पहिरो तथा विकास निर्माणका कामले गर्दा देशका विभिन्न राजमार्गहरूमा यातायात आवागमन अवरुद्ध र प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक