बाढी, पहिरो र निर्माण कार्यले देशका मुख्य राजमार्ग प्रभावित : कतै एकतर्फी, कतै पूर्ण अवरुद्ध

काठमाडौं , कार्तिक १७। बाढी, पहिरो तथा विकास निर्माणका कामले गर्दा देशका विभिन्न राजमार्गहरूमा यातायात आवागमन अवरुद्ध र प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका मुख्य सडक खण्डहरू पूर्ण तथा एकतर्फी रूपमा प्रभावित भएका छन् ।वि.पि. राजमार्ग रोशी गाउँपालिका वडा नं. ९ पिनथली र वडा नं. ८ गिम्दीबेशीमा गएको पहिरोका कारण सडक प्रभावित भएको छ । कात्तिक १४ गते बिहान ४ः५५ बजेदेखि अवरोध भएको उक्त सडक हाल एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।बेनीघाट रोराङ गाउँपालिका वडा नं. ९ स्थित मझिमटारमा आकाशीय पुल निर्माण कार्यका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ ।

सोती–मान्बु खण्डमा बाढीका कारण आरुघाट गाउँपालिका वडा नं. ०२ र ०३ स्थित सोतीदेखि मान्बु जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडक खण्डमा आवागमन अझै ठप्प रहेको छ । बराहताल गाउँपालिका वडा नं. ०७ औलिसेमा १४ गते बिहान ५ः५५ बजे खसेको पहिरोका कारण अवरुद्ध भएको सडक हाल एकतर्फी रूपमा खुलाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दाङका सामुदायिक वन तथा झाडीमा लुकाइएका १४ नाल अवैध भरुवा बन्दुक बरामद

दाङ , कार्तिक १७। दाङका विभिन्न सामुदायिक वन तथा जंगलका झाडीमा लुकाइछिपाइ राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी

बेपत्ताको हकमा स्वघोषणाबाटै मृत्यु दाबी भुक्तानी गर्न जीवन बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन

काठमाडौँ , कार्तिक १७। नेपाल बीमा प्राधिकरणले रसुवा बाढीमा प्रभावित क्षेत्रका बीमितको बीमा दाबी भुक्तानी प्रक्रिया सहज बनाउन जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

हुम्लामा अत्यधिक चिसो : खुला चौरमै पठनपाठन

हुम्ला,१७ कार्तीक । हिमाली जिल्ला हुम्लामा यतिबेला चिसो बढ्दै गएपछि सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पठनपाठन गर्दै आएका छन्

फेसबुकको मित्रताले भारतको बन्धकसम्म पुर्‍यायो : अभिभावकको बेवास्ताले बालबालिका बेचबिखनको जोखिममा

काठमाडौँ , कार्तिक १७। आमाबुबाबीचको झैझगडाबाट उनी दिक्क थिइन् । परिवारको माया र ममताको अभावले निराश भएकी उनी प्रेम र आत्मीयता पाउन साथी खोज्न थालिन्

‘समस्या कानुनको अभाव होइन, कार्यान्वयन नगर्ने राज्यको नियत हो’ : वरिष्ठ पत्रकार दाहाल

काठमाडौं , कार्तिक १७। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवम वरिष्ठ पत्रकार तारानाथ दाहालले पत्रकारमाथि हुने हिंसा, धरपकड, गिरफ्तारी र दमनका घटनामा राज्यका निकाय जवाफदेही हुन

बुढानीलकण्ठमा अतिक्रमित संरचना हटाउन अल्टिमेटम

काठमाडौं,१७ कार्तीक। प्रसिद्ध धार्मिक तथा ऐतिहासिक बुढानीलकण्ठ मन्दिर क्षेत्र आसपास सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन सम्बन्धित निकायले निर्देशन दिएको छ। तोकिएको समयभित्र संरचना

बाढी, पहिरो र निर्माण कार्यले देशका मुख्य राजमार्ग प्रभावित : कतै एकतर्फी, कतै पूर्ण अवरुद्ध

काठमाडौं , कार्तिक १७। बाढी, पहिरो तथा विकास निर्माणका कामले गर्दा देशका विभिन्न राजमार्गहरूमा यातायात आवागमन अवरुद्ध र प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक