सोलुखुम्बुको फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु, एक घाइते

काठमाडौं , कार्तिक १७। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको तामाङले नेपाल न्युज बैंकलाई जानकारी दिए । दुर्घटनामा घाइते भएका शैलेश कृष्ण पटेललाई प्रभु हेलिकप्टरमार्फत उद्धार गरी मेडिसिटी अस्पताल पु¥याइएको उनले बताए । प्रहरीका अनुसार पटेलसँग भारतीय राहदानी भए पनि उनी न्युजिल्यान्डका नागरिक हुन् । दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव लुक्लास्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुवै हेलिकप्टरका पाइलट सकुशल रहेको प्रहरी निरीक्षक तामाङले बताए । दुर्घटनाका बेला दुवै हेलिकप्टरमा कति यात्रु सवार थिए भन्ने विवरण खुल्न बाँकी छ । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दाङका सामुदायिक वन तथा झाडीमा लुकाइएका १४ नाल अवैध भरुवा बन्दुक बरामद

दाङ , कार्तिक १७। दाङका विभिन्न सामुदायिक वन तथा जंगलका झाडीमा लुकाइछिपाइ राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी

बेपत्ताको हकमा स्वघोषणाबाटै मृत्यु दाबी भुक्तानी गर्न जीवन बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन

काठमाडौँ , कार्तिक १७। नेपाल बीमा प्राधिकरणले रसुवा बाढीमा प्रभावित क्षेत्रका बीमितको बीमा दाबी भुक्तानी प्रक्रिया सहज बनाउन जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

हुम्लामा अत्यधिक चिसो : खुला चौरमै पठनपाठन

हुम्ला,१७ कार्तीक । हिमाली जिल्ला हुम्लामा यतिबेला चिसो बढ्दै गएपछि सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पठनपाठन गर्दै आएका छन्

फेसबुकको मित्रताले भारतको बन्धकसम्म पुर्‍यायो : अभिभावकको बेवास्ताले बालबालिका बेचबिखनको जोखिममा

काठमाडौँ , कार्तिक १७। आमाबुबाबीचको झैझगडाबाट उनी दिक्क थिइन् । परिवारको माया र ममताको अभावले निराश भएकी उनी प्रेम र आत्मीयता पाउन साथी खोज्न थालिन्

‘समस्या कानुनको अभाव होइन, कार्यान्वयन नगर्ने राज्यको नियत हो’ : वरिष्ठ पत्रकार दाहाल

काठमाडौं , कार्तिक १७। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवम वरिष्ठ पत्रकार तारानाथ दाहालले पत्रकारमाथि हुने हिंसा, धरपकड, गिरफ्तारी र दमनका घटनामा राज्यका निकाय जवाफदेही हुन

बुढानीलकण्ठमा अतिक्रमित संरचना हटाउन अल्टिमेटम

काठमाडौं,१७ कार्तीक। प्रसिद्ध धार्मिक तथा ऐतिहासिक बुढानीलकण्ठ मन्दिर क्षेत्र आसपास सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन सम्बन्धित निकायले निर्देशन दिएको छ। तोकिएको समयभित्र संरचना

बाढी, पहिरो र निर्माण कार्यले देशका मुख्य राजमार्ग प्रभावित : कतै एकतर्फी, कतै पूर्ण अवरुद्ध

काठमाडौं , कार्तिक १७। बाढी, पहिरो तथा विकास निर्माणका कामले गर्दा देशका विभिन्न राजमार्गहरूमा यातायात आवागमन अवरुद्ध र प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक