भारतीय मरीन कमान्डोको सटीक अपरेसन : सोमालियाको तटनजिक कब्जामा परेको जहाज नियन्त्रणमा

काठमाडौं , कार्तिक १७। भारतीय नौसेनाले सोमालियाको उत्तरपूर्वी तटनजिक सशस्त्र समुद्री डाकुहरूको कब्जामा रहेको माछा मार्ने जहाज ‘अजिनी’लाई मुक्त गराएको छ । ४८ घण्टाभन्दा बढी समय सञ्चालन गरिएको समन्वित कारबाहीमार्फत जहाजमा रहेका सबै २० जना चालक दलका सदस्यलाई सकुशल उद्धार गरिएको भारतीय नौसेनाले जनाएको छ । नौसेनाका अनुसार घटनामा कसैको मृत्यु वा चोटपटक लागेको छैन । गत महिना सोमालियाको उत्तरपूर्वी तटनजिक सशस्त्र समुद्री डाकुहरूको समूहले उक्त जहाज कब्जामा लिएको थियो । समुद्री डाकुहरूले जहाजलाई अन्य व्यापारिक जहाजमाथि आक्रमण गर्न प्रयोग गर्न सक्ने जोखिम देखिएपछि भारतीय नौसेनाले कारबाही अघि बढाएको थियो । त्यसका लागि परिचालित युद्धपोतसँगै समुद्री निगरानी विमान परिचालन गरिएको थियो । निरन्तर निगरानीपछि नौसेनाले जहाजको अवस्थिति पत्ता लगाएर त्यसको गतिविधि नियन्त्रणमा लिएको थियो । जहाजलाई भाग्न नदिन गैरघातक उपाय अपनाइएको थियो ।

भारतीय वायुसेनाको सी–१७ विमानबाट सटीक हवाई अवतरणमार्फत नौसेनाका मरीन कमान्डोसमेत परिचालन गरिएको थियो ।समन्वित सैन्य कारबाहीमार्फत जहाज नियन्त्रणमा लिएर समुद्री डाकुहरूको खतरा निष्प्रभावी बनाइएको र चालक दलका सबै सदस्यलाई सुरक्षित मुक्त गरिएको नौसेनाले जनाएको छ । भारतीय नौसेनाले यो सफल कारबाहीले जटिल समुद्री सुरक्षा चुनौती सामना गर्ने आफ्नो तयारी र विभिन्न सुरक्षा निकायबीचको प्रभावकारी समन्वयलाई पुष्टि गरेको बताएको छ । साथै, हिन्द महासागर क्षेत्रमा समुद्री सुरक्षाको पहिलो प्रतिक्रियादाता तथा भरपर्दो सुरक्षा साझेदारका रूपमा भारतको प्रतिबद्धता यसले पुनः देखाएको नौसेनाको भनाइ छ । नौसेनाले समुद्री यात्रुको सुरक्षा, अन्तर्राष्ट्रिय व्यापारका महत्त्वपूर्ण समुद्री मार्गको संरक्षण र हिन्द महासागर क्षेत्रमा सुरक्षित तथा स्थिर समुद्री वातावरण कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेता, मन्त्री र जनप्रतिनिधि फेरिए तर फेरिएन इलाका प्रहरी कार्यालय कटहरियाको मुहार

रौतहट , कार्तिक १७। रौतहटको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को केन्द्र तथा जिल्लाकै चर्चित बजार कटहरियामा रहेको इलाका प्रहरी कार्यालयले भवन अभावको समस्या

दाङका सामुदायिक वन तथा झाडीमा लुकाइएका १४ नाल अवैध भरुवा बन्दुक बरामद

दाङ , कार्तिक १७। दाङका विभिन्न सामुदायिक वन तथा जंगलका झाडीमा लुकाइछिपाइ राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी

बेपत्ताको हकमा स्वघोषणाबाटै मृत्यु दाबी भुक्तानी गर्न जीवन बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन

काठमाडौँ , कार्तिक १७। नेपाल बीमा प्राधिकरणले रसुवा बाढीमा प्रभावित क्षेत्रका बीमितको बीमा दाबी भुक्तानी प्रक्रिया सहज बनाउन जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

हुम्लामा अत्यधिक चिसो : खुला चौरमै पठनपाठन

हुम्ला,१७ कार्तीक । हिमाली जिल्ला हुम्लामा यतिबेला चिसो बढ्दै गएपछि सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पठनपाठन गर्दै आएका छन्

फेसबुकको मित्रताले भारतको बन्धकसम्म पुर्‍यायो : अभिभावकको बेवास्ताले बालबालिका बेचबिखनको जोखिममा

काठमाडौँ , कार्तिक १७। आमाबुबाबीचको झैझगडाबाट उनी दिक्क थिइन् । परिवारको माया र ममताको अभावले निराश भएकी उनी प्रेम र आत्मीयता पाउन साथी खोज्न थालिन्

‘समस्या कानुनको अभाव होइन, कार्यान्वयन नगर्ने राज्यको नियत हो’ : वरिष्ठ पत्रकार दाहाल

काठमाडौं , कार्तिक १७। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवम वरिष्ठ पत्रकार तारानाथ दाहालले पत्रकारमाथि हुने हिंसा, धरपकड, गिरफ्तारी र दमनका घटनामा राज्यका निकाय जवाफदेही हुन

बुढानीलकण्ठमा अतिक्रमित संरचना हटाउन अल्टिमेटम

काठमाडौं,१७ कार्तीक। प्रसिद्ध धार्मिक तथा ऐतिहासिक बुढानीलकण्ठ मन्दिर क्षेत्र आसपास सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन सम्बन्धित निकायले निर्देशन दिएको छ। तोकिएको समयभित्र संरचना