झापा, २७ कात्तिक । आज शुक्रबार विहानै झापाको बुद्धशान्तिमा जंगली हात्तीले मोटरसाइकल माथि आक्रमण गर्दा चालक गंभीर घाइते भएका छन् ।
बिहान ५ : १० बजे बुद्धशान्ति २ बिहानी टोलस्थित भित्री बाटोमा बिहानी टोलबाट बुधबारेतर्फ आउदै गरेको मे . ३ प. ६८६७ नं को मोटरसाइकललाई सोही ठाउँमा रहेको तीनतले सामुदायिक वनबाट आएको जंगली हात्तीले आक्रमण गरेको थियो ।हात्तीको आक्रमणबाट मोटरसाइकल चालक सोही ठाउँ बस्ने बर्ष ५६ का डिल्लीबहादुर पौडेल घाइते हुनु भएको छ। उहाँलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । छातीमा चोट लागेको पौडेलको अवस्था हाल वोल्न सक्ने रहेको र हात्ती जंगलतर्फ नै गएको प्रहरीले जनाएको छ ।










